२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित

२०७५, २८ चैत्र बिहीबार ०५:१५

गोपालप्रसाद बराल, चैत २८, बर्दिवास । महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् ।

सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको जलेश्वर अस्पतालले अहिलेसम्म २१८ सङ्क्रमित भेटिएको जनाएको छ । यसैगरी नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजनाले सन् २०१२ को अन्त्यसम्म ४९ र यसै वर्ष (विसं २०७५) गत अक्टुबरमा रक्तपरीक्षणबाट थप एक सङ्क्रमित पाइएपछि यो सङ्ख्या ५० पुगेको परियोजना प्रमुख धीरज पौडेलले जानकारी दिनुभयो । सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका भए पनि त्यस अवधिमा सङ्क्रमित नपाइएको परियोजनाले जनाएको छ ।

जलेश्वर अस्पतालमा भने चालू आर्थिक वर्ष २०७५÷७६ को गत साउनयता हालसम्म रक्तपरीक्षण गर्न आएकामध्ये १९ सङ्क्रमित पाइएको जनाएको छ । अस्पतालमा कूल सङ्क्रमितमध्ये ११६ महिला, ८५ पुरुष र तीन तेस्रो लिङ्गी रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा राजीवकुमार झाले जानकारी दिनुभयो । उक्त सङ्ख्याभित्र १२ वर्षमुनिका १४ बालबालिका रहेको अस्पतालले जनाएको छ । त्यसैगरी परियोजनामा भेटिएका ५० सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । दुवै ठाउँको सङ्क्रमित सङ्ख्या जोड्दा महिला १३५ र पुरुष ११६ देखिन्छ ।

जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । हालसम्म आफ्नो प्रयोगशालाको परीक्षणबाट सङ्क्रमित पाइएका ३१ पुरुष सबै वैदेशिक रोजगारबाट फर्केका पाइएको परियोजनाले जनाएको छ । त्यस्तै सङ्क्रमित १९ महिलामध्ये छ सङ्क्रमित पुरुष (पति) का पत्नी रहेका परियोजनाले जनाएको छ । त्यसैगरी जलेश्वर अस्पतालमा पनि वैदेशिक रोजगारबाट फर्केका पुरुष नै सङ्क्रमितमध्ये ८० प्रतिशत रहेको डा झाको भनाइ छ ।

जिल्लामा कूल सङ्क्रमित सङ्ख्यामध्येका १९ बालबालिका भने गर्भैदेखि सङ्क्रमित भेट्टाइएको अस्पताल र परियोजनाको तथ्याङ्कमा उल्लेख छ । पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य संस्था, स्वयंंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग बढेसँगै एचआइभी सङ्क्रमण घटेको परियोजनाको ठम्याइ छ । यता जलेश्वर अस्पतालले भने सङ्क्रमित हुने क्रम खासै नघटेको जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सङ्क्रमितले सुरक्षित यौन सम्बन्ध बढाएका र दक्षिणी क्षेत्रमा त्यसमा असावधानी हुँदा एउटै जिल्लामा पनि क्षेत्रगत सङ्क्रमित वृद्धिदर फरक परेको स्वास्थ्यकर्मी बताइएको छ ।

जिल्लामा सङ्क्रमितको तथ्याङ्कअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको दुवै रक्त परीक्षण केन्द्रले जनाएका छन् । विदेश जानेमा पाइएको सङ्क्रमण पनि भारत र मलेशियाबाट फर्केकाहरूमा बढी पाइएको परियोजनाले जनाएको छ ।

यसैबीच स्वास्थ्यक्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेहरूलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्य पक्षसँग माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ