2026-09-18 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदुरपश्चिमका ३ जिल्लाबाट रोजगारीका लागि भारत गएका १ सय ६५ मजदुर बेपत्ता

चैत २९, डोटी । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो ।

उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो सङ्ख्यामा मानिस हराएको तथ्याङ्क सार्वजनिक गरेको हो । निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना कार्यक्रमअन्तर्गत ती जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर बेपत्ता भएकाको तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले बताए ।  उनले भने, ‘यो त तीन जिल्लाको मात्रै तथ्याङ्क हो, अन्य सात जिल्लाको सङ्कलन गर्ने हो भने हजारौंँ बेपत्ता भएका हुन सक्छन् ।’ हराएकाको खोजीका लागि स्थानीय प्रशासनमा उजूरी नपर्दा पनि यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको प्रमुख मडैले बताए । 

रोजगारीका लागि स्थानीयवासी वर्षेनी भारत जाने तथा त्यहीँबाट फर्केर नआउने गरेका कारण बेपत्ता हुनेहरु बढ्न थालेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले रोजगारीमा गएर भारतमै बेपत्ता भएकाको बारेमा यकिन विवरण बुझ्ने काम भइरहेको बताए ।

‘निड्स नेपालले १६५ जना बेपत्ता भए भनेर सार्वजनिक गरेपछि, खास कुरो के हो भनेर हामीले पनि आफ्ना तर्फबाट बुझने काम गरेका छौँ’, उनले भने, ‘बेपत्ता भएकाको कारण र विवरण बुझेर खोजीमा लाग्नेछौँ ।’ कामका लागि भारत गई बेपत्ता भएको लामो समय हुँदा समेत कुनै खबर नआउँदा उनीहरुका घरपरिवार दिनहुँ चिन्तित बन्न थालेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए । उनले भने, ‘मेरै वडाबाट पनि केही व्यक्ति लामो समयदेखि परिवारको सम्पर्कमा छैनन्, उनीहरुका परिवार आउँछन्, खोजी गर्न आग्रह गर्छन्, खोजी गर्नसकेका छैनौँ ।’ 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले भारतमा कामका लागि गएर बेपत्ता भएकाका घरपरिवारले खोजी गर्नका लागि निवेदन दिने गरेको बताए ।  प्रहरी नायब उपरीक्षक धामीले भने, ‘बेपत्ता भएकाको खोजीका लागि निवेदन त पर्ने गरेको छ तर भारतको कुन ठाउँबाट बेपत्ता भए सो कुराको जानकारी नहुँदा खोजीका लागि अप्ठेरो हुने गरेको छ ।’ 

भारतमा बेपत्ता भएको वर्षौँ बिति सक्दा समेत कुनै खबर नआउँदा यहाँका कतिपयले ती आउने कुरामा आश मारिसकेको जोरायल गाउँपालिका–५ की  ठग्गा विष्टले बताए । उनले भने, ‘मेरा श्रीमान् बेपत्ता भएको ३० वर्ष भइसक्यो, अब फर्केर आउलान् भनेर सपनामा पनि सोचेकी छैन ।’ भारतका गएकाहरु कहाँ के भएर बेपत्ता हुन्छन् भन्ने कुरा कुनै पनि परिवार र संस्थासँग आधिकारिक जानकारी नहुँदा पनि खोजीमा समस्या हुने गरेको यहाँको प्रहरी प्रशासनले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई