2026-09-13 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शैक्षिक सुधारका एक बर्षे योजना

बैशाख ५, कालिकोट । नरहरीनाथ गाउँपालिकाको शैक्षिक सुधारका लागि बार्षिक योजना बनाइएको छ । गाउँपालिकाको परीक्षाफल अपेक्षाअनुरुप नआए पछि गाउँपालिकाले शैक्षिक सुधार योजना निर्माण गरेको हो । परीक्षाफल राम्रो बनाउन आगामी बर्ष गाउँपालिकाको बजेट विनियोजन गरी उपचारात्मक कक्षाहरु समेत सञ्चालन गर्ने योजना अघि सारेको छ । विद्यार्थीहरुलाई नियमित गराउने, विद्यालय शैक्षिक सुधारका लागि विभिन्न अभिया सञ्चालन गर्ने, कक्षा दोहो¥याउने  कमजोर सिकाइउपलब्धी भएका विद्यार्थीको संख्या घटाउने, सिकाई उपलब्धी बृद्धि गर्ने र विद्यालयको चौतर्फि वातावरण रचनात्मक रुपमा सुधार गर्ने गरी योजना बनायएको छ ।

भिडिसेफ नेपाल कालीकोटको सहयोग तथा सहजीकरण र शान्ति माध्यामिक विद्यालय आयोजनामा भएको १ दिने शैक्षिक सरोकारवालाबीचको गोष्ठीमा उक्त योजना बनाईएको हो । गोष्ठिमा बोल्दै गाउँपालिका शिक्षा विभाग सदस्य पंख बिष्टले समग्र गाउँपालिकाको शैक्षिक बिकासका लागि प्रभावकारी योजना आवश्यक भएको भन्दै त्यसका लागि सबै पक्ष जिम्मेवार हुनु पर्ने बताए । ‘गाउँ पालिकाको सबै व्दिालयको परीक्षाफल हाम्रो अपेक्षा अनुसार हुन सकेन’ उनले भने, ‘परीक्षाफल राम्रो बनाउन शेैक्षिक सुधारको योजना आवश्यक छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बिष्टले शैक्षिक सुधारका लागि अभियान सञ्चालन गर्नु पर्ने बताए । नन्दादेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक रत्नसिंह साउँदले विद्यार्थीहरुले नियमित विद्यालय नआएकाले परीक्षाफल राम्रो हुन नसकेको बताए । ‘विद्यार्थीहरु अनियमित भएकै कारण कक्षा दोहो¥याउनु पर्ने अवस्था सिर्जना भएको छ’ उनले भने । गोष्ठिमा अग्रबहादुर बिष्टले शिक्षाको गुणस्तर कायम गर्न शिक्षकले प्राप्त गरेका तालिमको सदुपयोग गर्नु पर्ने बताए ।

कार्यक्रमको सहजीकरण गर्दै  भिडिसेफ नेपालका विकास सुपरिवेक्षक शंकरप्रसाद उपाध्यायले बालबालिकालाई विद्यालयमा  नियमित गराउन र विद्यालय छोडेका बालबालिकाहर भर्ना गर्न आफ्नो निरन्तर प्रयास गरिरहेको बताए । विद्यालय छोड्ने अवस्थाका बालबालिकाहरुको पहिचान गरी अभिवावकको आर्थिक बिकासका लागि आय आर्जनका क्रियाकलाप सञ्चालनमा पनि सहयोगको योजना बनाउनु पर्ने बताए ।

सेभ द चिल्डे«नसंगको साझेदारीमा ग्रामीण बिकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल,ले यूवा शसक्तिकरण बुलगारी परियोजनाका माध्यमबाट अति विपन्न गरिब तथा पछाडि पारिएका  बालबालिका तथा युवाहरुको शिक्षा सीप बिकास र आर्थिक क्रियाकलापका अवसर सिर्जना गरी यवा तथा बालबालिकाको जीवनस्तरमा सुधार ल्याउने प्रायास गरिरहेको उपाध्यायले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन