2026-10-14 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

७१ बर्षिय बृद्दा भन्छिन्- ‘छाउ गोठको पिडा मलाई थाहा छ, छोरी र बुहारीलाई भोग्न दिन्न ‘

कमल रावल, बैशाख ९, अछाम । अछाम जिल्लामा छाउपडि प्रथा अन्त्यका लागि गोष्ठि, छलफल, अन्तरक्र्रिया हुदा प्रथा बढ्नुमा मुख्य दोषि सबैले बृद्धबृद्धा र धामि झाक्रिलाई मान्ने गर्दछन । 

परम्परागत सोच, धामि झाँक्रिका देबता रिसाउने कारण जसले पनि देखाउने गर्दछन तर साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका एक बृद्धा महिला नरपता बोहरा छाउपडि प्रथा मान्नै हुुदैन भन्ने अभियानमा छन । 

उमेरले ७१ पुग्नु भएका नरपता आफ्नो घरमा छोरी र बुहारी महिनावारि हुदा हातै समातेर घरमै सुरक्षित बस्नु पर्छ भनेर उनिहरुलाई घरमै राख्नु हुन्छ । उहाँले भन्नु भयो घरमा महीनावरि हुदा छोरी र बुहारी खाना पकाउनको डरले बाहीर बस्छौँ भन्छन तर म हात नै समातेर खाना पकाउ सँगै खाऔँ सगै बसु भन्छु, २०६९ साल पौष १६ गते भागेश्वर छाउपडि गोठमुक्त वडा घोषणा भईसकेपछि उहाँले महिनावारि भएका बेला सबैलाई दुध, दही, सहीत पोषिलो खानेकुरा समेत खान दिनुहुन्छ । 

पहिले आफुले छाउपडि गोठबस्दाको थुप्रै समस्या सुनाउदै त्यस्तो पिडा कुनै बुहारि, छोरीले भोग्नु नपरोस भन्दै सुरक्षित घरमै बस्नुपर्छ भन्ने अभियानमा लागेको बताउनु भयो । अछाममा अन्य वडा छाउपडि गोठमुक्त घोषणा भईसकेपछि फेरि छाउ गोठमै बस्न थाले भन्ने कुरालाई गलत हो भन्दै आफ्नो वडामा अहीले सम्म कोही पनी गोठमा नबसेको बताउनु भयो । 

अब आगामि दिनमा जसले छाउपडि प्रथा मान्छ र मान्न लगाउछ त्यसलाई नेपालको कानुुन अनुसार कारबाही गर्नु पर्नेमा उहाँको जोड रहेको छ । महिलामा छाउ हुनु प्रकृतिको नियम भएकाले परम्परागत रुपमा समाजमा छाउपडि प्रथा मान्ने बृद्धबृद्धा तथा धामि झाँक्रिलाई केहि नमानि नमुना ब्यक्तिको पहीचान दिन उहाँको आग्रह रहेको छ । ‘

मुलुकी अपराध संहिता विधेयक, २०७४’ले महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे वा गराएमा अपराध मानेको छ । २०७५ भदौ १ गतेदेखि लागु हुने गरि छाउपडि प्रथा मान्ने र मान्न लगाउने व्यक्तिलाई तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश