Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जर्मन प्रविधिवाट पाचँ हजार कुखुरापालन

२०७६, १६ बैशाख सोमबार १५:०२

माधव बेल्वासे । वैसाख १६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगपालिका वडा न ४ मा डकहियामा जिल्लामै पहिलो पटक जर्मन प्रविधि केज सिस्टमवाट कुखुरा पालन सुरु गरिएको छ । स्थानिय ४० वर्षिय युवराज अधिकारीले विगत एक दशक देखी सामान्य रुपमा कुखुरापालन(लेयर्स) गर्दै आएका थिए । पछिल्लो एक महिना देखी अधिकारीले जर्मन प्रविधि वाट ५ हजार कुखुरा पालन सुरु गरेका छन । अधिकारी एग्रो पोडक्ट नाम वाट संचालन गरेको उक्त व्यावसाय अन्य फर्म भन्दा फरक छ ।


कुखुरा वस्ने छुटा छुटै ठाउ, कुखुरालाई दाना खानको लागी सहज,पानीको सुविधा र कुखुराको फोहोरो तल्लो तालामा जाने भएको यो प्रविधि फरक देखिएको हो । लामो समय देखी समान्य खोरमा कुखुरा पालन गरेका अधिकारीले यो प्रविधिले सहज भएको वताए ।

३ सय वाट सुरु गरेका अधिकारीले अहिले ५ हजार वढी कुखुरला पालन गरेका छन । सुरुमा केहि असहज भएपनि अहिले भने राम्रो भएको उनले वताए ।केज सिस्टमको खोर बनाउदा करिव २५ लाखको लागत मा निमार्ण गरेका छन । खोर र कुखुरा राख्दा ५० लाख  लागत लागेको अधिकारीले वताए ।“कपिलवस्तु जिल्लामै नभएको प्रविधिवाट कुखुरापालन गरेको छु ,सफल हुने आशा छ”अधिकारीले भने ।  वैदेशिक रोजगारीको तयारी गरेका अधिकारीले सफल नभएपछी कुखुरा पालन तर्फ लागेका हुन ।

सुरुको वर्ष वाट नै राम्रो आम्दानी भएपछी अधिकारीले वाह्र सय कुखुरा राखेको थिए । कुखुरापालन ब्यावासाय वाट आफुले राम्रो आम्दानी गरेको उनले वताए ।अधिकारीले भने “वार्षिक ८ लाख वढी कमाई हुने गरेको छ,ब्यावासाय वाट सन्तुष्ट छु” ।कुखुराले अव अण्डा दिन सुरु गरेको वताए । दैनिक करिव ४ हजार ५ सय अण्डा  उत्पादन हुने गरेको जनाए । एक्लैले सह्यारसुसारमा समस्या भएको हुदाँ अव एक जना कर्मचारी राख्ने तयारीमा रहेको वताए । सामान्य व्यापारीको अण्डा लिन आउने भएपनि ठुला तथा टाढाका व्यापारीहरुाई पुर्याउन पर्ने वताए ।

वैदेशिक रोजगारीमा जाने युवालाई अधिकारीले नेपाल मै केहि गर्न सुझाव दिने गर्दछन । सामान्य लागनी बाटै राम्रो आम्दानी गर्न सकिने धेरै पेशाहरु रहेकोले युवाहरु व्यावसाय तर्फ लाग्नुपर्ने वताए ।

सोमवार शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले अनुगमन गरेकी छिन । जिल्लमै पहिलो पटक नया प्रविधि वाट ब्यावसाय सुरु गरेकोमा धन्यावद दिईन । नगरपालिकाका सवै नागरिकहरु वेरोजगार बस्न नपर्ने दिन आएको भन्दै अव सवैलले कुनै न कुनै काम गर्नुपर्ने वताइन । पाच हजार कुखुरा ठुलो परिमाण भएको भन्दै स्थानित तह वाट अनुदान र अन्य सहयोगको लागी सकारात्मक रहेको वताइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी