Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

गजल

By साझासवाल

मायाको सयरमा जित हार भन्दिन म ।
प्रेमको मियो अलपत्र पार भन्दिन म ।।

नजर पर्छ भमराको
रस देखे पछि

गर्छु रक्षा फूलको बोट, सार भन्दिन म ।।

चाहना
तिम्रो खुसि मेरो मिल्छौ भन्छौ भने

समाई हात अरु कोही तार भन्दिन म
।।

निर्णय गर्न सक्छौ अबसर तिम्रो लागी
हृदय हुन्छ
पर्खिइमा टार भन्दिन म ।।

सल्लाह र सम्झौतामा बढ्छ प्रज्वल
तर

परिवार र आफ्नो इच्छा मार भन्दिन म ।।

प्रज्वल पौडेल, “पीस्क्वायर” सैपु–७, रामेछाप ।  

prajwal paudel