दोस्रो मेयरकपको उपाधि आयोजक मङ्गलसैनलाई

साझासवाल
1 Min Read

<p>वैशाख २१, अछाम (रासस) | अछामको सदरमुकाम मङ्गलसैनमा शुक्रबार सम्पन्न दोस्रो मेयरकप भलिवल प्रतियोगिताको उपाधि आयोजक मङ्गलसैन नगरपालिकाले जितेको छ । अन्तिम चरणको खेलमा मेल्लेख गाउँपालिकाको टोलीलाई पराजित गर्दै मङगलसैनले उपाधि चुमेको हो । प्रथम स्थान हासिल गरेको उक्त नगरपालिकाले रू ७० हजार, द्वितीय स्थान प्राप्त&nbsp; मेल्लेख गाउँपालिकाले रू ४० हजार र तृतीय स्थान प्राप्त साँफेबगर नगरपालिकाले रू २५ सहित कप तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।&nbsp;<br></p><p>नगर खेलकूद विकास समितिका अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसैननगरप्रमुख पदमबहादुर बोहराले विजेता टोलीलाई पुरस्कार प्रदान&nbsp; गर्नुभएको थियो ।यही वैशाख १७ गतेबाट शुरु भएको प्रतियोगितामा अछामका आठ स्थानीय तहका नौ भलिबल टोलीले सहभागिता जनाएको मङ्गलसैननगर शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख बृकेश बोगटीले जानकारी दिनुभयो ।</p>

Share This Article
Leave a Comment

Leave a Reply