2026-10-31 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

रकम अभाव भन्दै सुत्केरीको सुविधा उधारो

माधव बेल्वासे | बैसाख २५, कपिलवस्तु | सरकारले आमा सुरक्षा अन्तर्गत दिने सुविधा स्थानिय तहले रकम नभएको भन्दै सुविधा बन्द गरेका छन ।  स्वास्थ्य सस्थामा नियमति गर्भ जाच गराउने र प्रसुती गराउने महिलाहरुलाई सुविधा वापत यातायात खर्च,नियमित गर्भ जाचँ उत्प्रेरणा रकम वापत पाउनु्पर्ने सुविधा पाउन सकेका छैनन्। कपिलवस्तुको शिवराज नगरपालिका अन्तरर्गत रहेका विभिन्न स्वास्थ्य सस्थामा अहिले प्रसुती गराउने महिलाहरुले सो सुविधा पाउने गरेका छैनन । महिलाहरु सुत्ेकरी भएपछी रित्तो हात फर्कन वाध्य छन ।

नेपाल सरकारले राज्य मातहतका स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्तास्वरुप एक हजार र नियमित जाँच गराएकालाई थप आठ सय गरी एक हजार आठ सय रुपैँयासम्म सुत्केरी भत्ता र आवातजावत वापतको भाडा पाउने व्यवस्था गरे पनि विभागले रकम नपठाएको  भन्दै सुत्केरीलाई रित्तोहात फर्काउने गरेको स्वास्थ्य कर्मीहरुको भनाइ छ । 

शिवराज नगरपालिका अन्तर्गत शिवपुर स्वास्थ्य चौकीमा चैत्र  महिनादेखि भएका सुत्केरीलाई भत्ता दिन सकिएको छैन । आमा सुरक्षा कार्यक्रमका लागि यसअघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकासा नभएको भन्दै सुत्केरी भत्ता दिन नसकेको बताएको छ । शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले सरकारसँग माग गरिएको र रकम नपठाउदा सुत्केरी भत्ता प्रदान गर्न नसकेको जानकारी दिए । 

‘हामीले गत कात्तिक मै रकम अभाव भएको भन्दै माग गरेका हौ, अन्य रकम आएको भएपनि आमा सुरक्षा कार्यक्रमको रकम नआएकोले सुत्केरी महिलाहरुलाई सुविधा वापत रकम दिन सकेका छैनौं” उनले भने ।

शिवपुर स्वास्थ्य चौकीका इञ्चार्ज लेखनाथ पौडेलका अनुसार हालसम्म ७७ जना सुत्केरी महिलाहरुलाइ सुविधा रकम दिन नसकेको जनाए । “सुरुमा केहि महिलाहरुलाई उधारो गरेका थियौ रकम नआएपछि अहिले सुविधा नै बन्द गरेका छौ ” पौडेलले भने  ।

त्यस्तै शिवराज नगरपालिकामा रहेको चनई स्वास्थ्य चौकीमा पनि ३७ जना सुत्केरी महिलालाई सुविधा दिन नसकिएको ईन्चार्ज प्रकाश पोख्रेलले वताए । ‘सुरुमा ४ लाख पेश्की लिएका थियौ त्यसले फागुन सम्म पुग्यो त्यसपछिका महिलहरुलाई उधारो भनेर फर्काउने गरेका छौ ’उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह