2026-07-11 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

रकम अभाव भन्दै सुत्केरीको सुविधा उधारो

2019-05-08

माधव बेल्वासे | बैसाख २५, कपिलवस्तु | सरकारले आमा सुरक्षा अन्तर्गत दिने सुविधा स्थानिय तहले रकम नभएको भन्दै सुविधा बन्द गरेका छन ।  स्वास्थ्य सस्थामा नियमति गर्भ जाच गराउने र प्रसुती गराउने महिलाहरुलाई सुविधा वापत यातायात खर्च,नियमित गर्भ जाचँ उत्प्रेरणा रकम वापत पाउनु्पर्ने सुविधा पाउन सकेका छैनन्। कपिलवस्तुको शिवराज नगरपालिका अन्तरर्गत रहेका विभिन्न स्वास्थ्य सस्थामा अहिले प्रसुती गराउने महिलाहरुले सो सुविधा पाउने गरेका छैनन । महिलाहरु सुत्ेकरी भएपछी रित्तो हात फर्कन वाध्य छन ।


नेपाल सरकारले राज्य मातहतका स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्तास्वरुप एक हजार र नियमित जाँच गराएकालाई थप आठ सय गरी एक हजार आठ सय रुपैँयासम्म सुत्केरी भत्ता र आवातजावत वापतको भाडा पाउने व्यवस्था गरे पनि विभागले रकम नपठाएको  भन्दै सुत्केरीलाई रित्तोहात फर्काउने गरेको स्वास्थ्य कर्मीहरुको भनाइ छ । 

शिवराज नगरपालिका अन्तर्गत शिवपुर स्वास्थ्य चौकीमा चैत्र  महिनादेखि भएका सुत्केरीलाई भत्ता दिन सकिएको छैन । आमा सुरक्षा कार्यक्रमका लागि यसअघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकासा नभएको भन्दै सुत्केरी भत्ता दिन नसकेको बताएको छ । शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले सरकारसँग माग गरिएको र रकम नपठाउदा सुत्केरी भत्ता प्रदान गर्न नसकेको जानकारी दिए । 

‘हामीले गत कात्तिक मै रकम अभाव भएको भन्दै माग गरेका हौ, अन्य रकम आएको भएपनि आमा सुरक्षा कार्यक्रमको रकम नआएकोले सुत्केरी महिलाहरुलाई सुविधा वापत रकम दिन सकेका छैनौं” उनले भने ।

शिवपुर स्वास्थ्य चौकीका इञ्चार्ज लेखनाथ पौडेलका अनुसार हालसम्म ७७ जना सुत्केरी महिलाहरुलाइ सुविधा रकम दिन नसकेको जनाए । “सुरुमा केहि महिलाहरुलाई उधारो गरेका थियौ रकम नआएपछि अहिले सुविधा नै बन्द गरेका छौ ” पौडेलले भने  ।

त्यस्तै शिवराज नगरपालिकामा रहेको चनई स्वास्थ्य चौकीमा पनि ३७ जना सुत्केरी महिलालाई सुविधा दिन नसकिएको ईन्चार्ज प्रकाश पोख्रेलले वताए । ‘सुरुमा ४ लाख पेश्की लिएका थियौ त्यसले फागुन सम्म पुग्यो त्यसपछिका महिलहरुलाई उधारो भनेर फर्काउने गरेका छौ ’उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस