2026-10-31 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णालीका पहाडि जिल्लामा रुपैडियाको तरकारी

बैशाख २५,  कालिकोट । जिल्लामा स्थानीय उत्पादन नहुँदा भारतको रुपैडिया बजारबाट आउने विषादी मिलाएको तरकारीमा निर्भर हुनु पर्ने बाध्यता रहेको छ । कर्णाली प्रदेश सरकारको मन्त्री परिषद्को पहिलो बैठकले अर्गानिक र आत्मनिर्भर कर्णाली घोषण गरे पनि कर्णाली प्रदेशका कालिकोट जुम्ला लगाएतका सबै जिल्लाहरु रुपैडियाबाट आउने विषादियुक्त तरकार र फलफूलमा निर्भर रहने गरेका छन् ।

प्राङ्गारिक कृषि मानव स्वास्थ्य, दिर्घ जीवन र समग्र जैविक प्राणालीको अत्यन्तै आवश्यक भएता पनि कर्णाली क्षेत्रमा टनका टन तरकारी फलफूल विषदीले भरिएर आउने गरेका छन् । भारतको रुपैडियादेखि गाडिमा लोड गरिएको तरकारि र फलफुल कतै नरोकि आउनु पर्यो भने दुई दिन मात्र लाग्छ । नत्र भने ठाँउ ठाँउका सब्जी मण्डिहरुमा झार्दै आउँदा कालिकोटमा चार पाँच दिनमा पुग्ने गरेको छ ।

बाटोमै सुकेर, सडेर आएको तरकारि र फलफुलको गाडि बसपार्कमा नपुग्दै व्यापारीहरु गाडि कुरिरहेका हुन्छन गाडि नरोक्दै व्यापारीहरु सामान लिन लुछालुछ गर्छन । अहिले कालिकोटका विकट गाँउ गाँउमा भारतकै केरा, टमाटर, खुर्सानी, आलु, स्याउ, सुन्तला, अंगुर लगायतका वस्तुहरु पुग्ने गरेका छन् । स्थानीय सरकार गठन भएदेखि नै स्थानीय तहका प्रमुखहरुले एउटै रटान लगाइरहेका छन ।

बर्सेनी कर्णालीको जमिन बाँझिदै जाने र तरकारी र खाद्यान्नका लागि भारतको भर पर्दै जानुपर्ने अवस्था अन्त्यका लागि स्थानीय सरकार भाषण बाहेक कार्यान्वयनमा गएको देखिँदैन । अर्गानिक उपजको प्रवद्र्धन गर्न केही समयअघि प्रदेश सरकारले पनि निर्यण गरेको थियो । तर, त्यसलाई केहि मात्रामा कार्यन्वयन गरे जस्तो गरि केही सीमित व्यक्तिलाई रिझाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १४ लाख खर्च भयो ।

न्यून उत्पादनले भारतीय कृषिजन्य वस्तु एकदिन नआउँदा हाहाकार हुने स्थिति रहेको आर्चाय सब्जी मण्डीका सञ्चालक ठम्म आर्चाय बताए । ‘अहिले कालिकोट जिल्लाभरी मान्मको बदेरिगाँउबाट केही मात्रामा बन्दागोभी मात्रै आउँछ अन्य तरकारी छैन’, आर्चाय भन्छन, ‘ग्राहकको चाहनाअनुसार तरकारी जिल्लामा छैन । सबै भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ । सरकारले कृषि क्षेत्रमा जति रकम खर्चे पनि पर्याप्त सिँचाइ सुविधा नदिँदासम्म परनिर्भरता बढ्दै जाने उनले बताए ।

सिजनअनुसार कुन तरकारी कसरी उत्पादन गर्दा बढी प्रतिफल पाउन सकिन्छ भन्ने हेक्का सरकारलाई नभएको आर्चायले बताए । पर्याप्त स्रोतसाधन हुँदा पनि सरकारले मिसन र भिजन नबनाउँदा कृषि क्षेत्रको विकास हुन नसकेको उनको बुझाई छ । मौसमी र बेमौसमी तरकारी उत्पादनमा कृषकलाई अनुदान दिएर कार्यक्रम सञ्चालन गरिरहेको स्थानीय तहले बताएका छन् ।

तरकारी तथा फलफूल उत्पादनका लागि अपर्याप्त सिँचाइ सुविधा, उत्पादित तरकारीको सहज ढुवानी तथा शीत भण्डार नहुनुले बर्सेनी भारतीय तरकारी तथा फलफूलको आयात बढेको कृषकहरु बताउँछन् । एकैपटक भारतीय तरकारी विस्थापन गर्न नसकिने भएकाले यहाँका कृषकलाई विस्तारै आत्मनिर्भर बनाउने योजना सञ्चालन गरिरहेको खाँडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह