2026-07-11 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण

2019-05-08

माधव बेल्वासे ।  वैसाख २५, कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिकाले अपागंता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्य सुरु गरेको छ । अपांगता समन्वय तथा संरक्षण समितिले पुर्णता दिई अपागंता परिचय पत्र वितरण कार्यविधि २०७५ पास गरी परिचय पत्र वितरण कार्य सुरु गरिएको हो ।


मंगलवार शिवराज नगरपालिका वडा ९ का  १६ जना अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरी सुभारम्भ गरीएको हो ।  गम्भिरताको आभारमा वितरण क वर्गको एक जनालाई ख वर्गको दुई जनालाई ग वर्गको तिन जनालाई र घ वर्गको परिचय पत्र वितरण गरिएको  शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले वताइन । 

अपागंता व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले फरक क्षमता भएको नागरिकहरुका लागी नगरपालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्ने वताए । सामान्य खर्चको लागी आफुले सक्दो काम गर्नुपर्ने जनाउदै परिचय पत्र पाएपछी राज्यले व्यावस्था गरेको भत्ता वापतको रकम पाउने जनाए ।

 शिवराज नगरपालिकामा रहेका एघार वटा वडालाई आफनो वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लगत तयार गर्न निर्देशन दिएको र जेष्ट महिनाको सम्म पहिलो चरणको परिचय पत्र वितरणको गरिने शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । 

शिवराज नगरपालिकामा रहेको  कतिपय अपाङ्गता भएका व्यक्तिहरुले परिचय पत्र नै नपाएको उनिहरुको अधिकार हनन भएको नगरस्तरी अपांग पुनस्थापन समितिका अध्यक्ष दिपक खड्काले वताए । प्रत्येक वर्ष अपांग भएका व्यक्तिहरुलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकाको तथ्याङ्ग अनुसार ४३८ जना अपाङ्गता भएका व्यतिmहरु भए पनि ३२५ जनाले परिचय पत्र प्राप्त गरेको महिला विकाश कार्ययालय कपिलवस्तु वाट  प्राप्त गरेको अभिलेखमा उल्लेख गरिएको छ । अब शिवराज नगरपालिकाले ११३ जनालाई  परिचय पत्र वितरण गर्ने महिला तथा बालबालिका शाखा प्रमुख शारदा गुप्ताले बताइन् । वितरण कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,उपप्रमुख शिवकुमारी थारु,प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,शिवराज नगरपालिका वडा न ९ का अध्यक्ष जिवन खड्का, नगरस्तरी अपांग पुनस्थापन समितिका अध्यक्ष दिपक खड्का,वडा सचिव प्रेमसागर वली लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस