2026-06-20 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

अरुणोदय मावि सैपुमा देउसी भैलो मार्फत ३ लाख २५ हजार संकलन

प्रज्वल पौडेल । मंसीर २, रामेछाप । रामेछापको सैपु गाविसमा रहेको अरुणोदय माध्यामिक विद्यालय
फेदीले देउसी भैलो मार्फत ३ लाख २५ हजार रकम संकलन गरेको छ ।

नेपालीहरुको दोस्रो ठुला चाड तिहारको अवसरमा विद्यालयले आयोजना गरेको देउसी भैलो कार्यक्रम
मार्फत सो रकम संकलन गरेको विद्यालयका प्रधानाध्यापक हित कुमार कार्कीले जानकारी दिए । प्रधानाध्यापक
कार्कीका अनुसार देउसी भैलो कार्यक्रममा सबैभन्दा बढि रकम सहयोग विद्यालयका पूर्व विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष बालकृष्ण पौडेलले १५ हजार ५ सय ५५ गरेका छन् ।

विद्यालयको आर्थिक अवस्था कमजोर रहेको र पर्याप्त मात्रामा शिक्षक दरबन्दी नहुँदा शिक्षकलाइ
तलब दिन समेत समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाप्रसाद पौडेलले बताए । उनले
विद्यालयको भौतिक निर्माण कार्य समेत जारी रहेकाले विद्यालयलाई सहयोगी हातहरुको खोजी गरिरहेको बताए

सैपु वडा नं ५ बेलौरीमा रहेको निम्नमाध्यामिक विद्यालयलाई वडा
नं ४ मा माध्यामिक विद्यालय बनाएर सारिएको थियो । विद्यालयको भवन नहुँदा पठन पाठनमा समस्या भएपछि गणेश
उज्जन भुवन स्मृति प्रतिष्ठानले विद्यालयलाइ आर्थिक सहयोग गरेपछि अहिले भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ