2026-07-11 09:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लमही–घोराही १३२ केभी लाइन सञ्चालन

2019-05-09

वैशाख २६, लमही | दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताउनुभयो । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन शुरु भएको छ”, उहाँले भन्नुभयो, “हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न शुरु गरेर बुधबारदेखि मात्रै लोड लिन शुरु गरेका हौँ ।”

उक्त प्रसारण लाइन शुरु भएसँगै विद्युत्मा यसअघि देखिएको ‘लो’ भोल्टेजको समस्या सुधार भएको भएको उहाँको भनाइ छ । यसअघि २३ किलोमिटर दूरी रहेको लमहीबाट विद्युत् ल्याएको भए पनि लमही–घोराहीअन्तर्गत झिग्नीको लाइन शुरु भएसँगै आठ किलोमिटर दूरीबाटै विद्युत् ल्याएर वितरण गर्दा यो समस्या हटेको उहाँको भनाइ थियो । “यसअघि लमहीबाट २३ किलोमिटर टाढाबाट ल्याउन बीचमै चुहावट हुने समस्या पनि थियो”, उहाँले भन्नुभयो, “तर अहिले नजिकै छ, आठ किलोमिटर मात्रै छ, त्यसले गर्दा पनि सहज थियो ।” यसअघि लमहीबाट ३३ केभी लाइन नै ल्याइएको थियो ।  

लमहीबाट ल्याउँदा बाटोमै बिग्रिँदा पनि जङ्गलबीचमा लाइन जडान भएकाले समस्या पहिचान गर्न पनि ढिलाइ हुने गरेको उहाँले बताउनुभयो  । “लमहीबाट जङ्गलबीचबाट ल्याइएको थियो, त्यसले गर्दा बीचमा बिग्रिँदा पनि कहाँनेर बिग्रियो भन्ने समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले दूरी नजिक भएकाले छिट्टै समस्या पहिचान गरेर समाधान गर्न सकिन्छ ।” 

झिग्नीको ३२ केभी लाइन घोराहीसँगै तुलसीपुर, सल्यान, रुकुम, रोल्पामा पनि वितरण हुने गरेकाले ओभरलोड जारी रहेको भन्दै पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदासम्म समस्या जारी रहने उहाँको भनाइ छ । “अहिले भोल्टेजमा केही सुधार त आएको छ, तर ओभरलोडको समस्या कायम छ”, उहाँले भन्नुभयो, “पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदा केही समस्या भएको हो ।” 

अहिले दाङका बढी विद्युत् खपत हुने समयमा कम्तीमा पनि २५ एमपीए लाइन खपत हुने गरेको उहाँको भनाइ छ । ३८ टावर निर्माण पूरा हुनुका साथै तार तानेपछि निर्माणको काम पूरा भएको हो ।  लमहीबाट १३ किलोमिटर तार तानेर झिग्नीमा प्रसारण लाइन राखिएको हो । दाङमा देखिएको व्याप्त विद्युत् अनियमितालाई रोक्न विसं २०७० देखि लाइन निर्माण शुरु गरिएको थियो । ३७ महीनासम्ममा पूरा गर्ने सहमति भए पनि केही ढिला गरी निर्माणकार्य पूरा भएको हो ।

स्थानीयको अवरोधले तुलसीपुर आएन

दाङ घोराहीको स्थानीयको अवरोधका कारण उक्त प्रसारण लाइनबाट ३३ केभी लाइन तुलसीपुर लैजाने भनिए पनि काम पूरा हुनसकेको छैन । सडकले स्वीकृति दिएको क्षेत्रमा सडक दायाँबायाँबाट पोल गाडेको भए पनि स्थानीयवासीले अवरोध गर्दा तुलसीपुर लैजाने काम अवरुद्ध भएको यादवले बताउनुभयो । 

“सडकले दिएको स्वीकृतिअनुसार सडकको दायाँबायाँ विद्युत्का पोल गाडेका छौँ, स्थानीयको खेतमा कुनै अवरोध भएको छैन”, उहाँले भन्नुभयो, “तर स्थानीयवासीले अवरोध गर्दा काम अघि बढ्न सकेको छैन, त्यसैले पनि अहिले घोराही वितरण केन्द्रकै प्रसारण लाइनबाट तुलसीपुरमा वितरण भइरहेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट