2026-09-13 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खाँडाचक्रको सार्वजनिक सुनुवाई

वैशाख ३१, कालिकोट । खाँडाचक्र नगरपालिकाले दोस्रो चौमासिकमा भएका प्रगती र बजेटबारे सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिकको दोस्रो चौमासिकमा सम्पन्न भएका कामहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिहरुले आफुले गरेका गतिविधि सन्तोषजनक मात्र भएको बताएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममा विकास निर्माणका प्रयासहरु भइरहे पनि विभिन्न चुनौती आएकाले बजेट अनुसारको प्रगती विवरण पाउन नसकिएको जनप्रतिनिधिको भनाई छ ।

खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशीप्रसाद पंगेनीले आर्थिक वर्ष २०७५/०७६ को दोस्रो चौमासिकमा नगरपालिकाले अहिलेसम्म २२ करोड १८ लाख ८९ हजार २ सय ९९ मात्र खर्च गरेको बताए । नगरपालिकाको विनियोजित ४२ करोड २८ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ रहेको र दोस्रो चौमासिकसम्म नगरपालिकाले ५२.४७ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको बताए ।

बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानहरुमा खानेपानी, सडक, सिँचाईलगायतका विकास निर्माणका काम गरेको नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘नगरपालिकाले सोचेजति काम गर्न सफल हुन सकेको छैन’ उनले भने, ‘दोस्रो चौमासिकसम्म पनि हामीले अपेक्षाकृत काम गर्न सकेका छैनौ ।’ कर्मचारीको अभाव, दरबन्दी, कानुनी अड्चन लगायतका समस्याले अपेक्षाकृत प्रगती हुन नसकेको उनले बताए ।

पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले खाँडाचक्र नगरपालिकाले जनताको माझमा देखाउन लायक योजना निर्माण र कार्यानवयन गर्न नसकेको बताए । नगरपालिकाले गर्ने योजना अनुगमनमा तेस्रो पक्षको संलग्नता हुनुपर्ने उनको भनाई छ । कार्यक्रमका सहभागीहरुले गुनासो सुन्न र सुझाव लिन सार्वजनिक सुनुवाई गरिएकोप्रति नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन् भने एउटा बन्द कोठाभित्र सार्वजनिक सुनुवाई गरेकोप्रति स्थानीय मनसिंह शाहीले आपत्ती जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन