2026-08-29 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गाडीमा गरिएको आगजनिको घट्नाप्रति नगरपालिकाद्धारा गम्भीर खेद प्रकट

कमल रावल | जेठ १, अछाम | मंगलसेन नगरपालिकाको गाडी पूर्ण रुपमा नष्ट हुनेगरी भएको आगजनिको घट्नाप्रति मंगलसैन नगरपालिकाले गम्भीर खेद प्रकट गरेको छ । बैशाख ३१ गते राति सवा २ बजे अज्ञात समूहले आगजनी गरि नगरको गाडी पूर्णरुपमा ध्वस्त बनाएपछी नगरपालिकाको २१ औँ बोर्ड बैठक मार्फत आपत्ति जनाउदै प्रेस बिज्ञप्ति मार्फत घोर भत्र्सना र निन्दा ब्यक्त गरिएको हो । 

गाडी जनप्रतिनिधिको ब्यक्तिगत सम्पति नभई जनताको सम्पति भएकाले सार्वजनिक सम्पती माथि आगजनि गर्ने जो कोहि गिरोह भएपनी पत्ता लगाएर कानुनको कठघेरामा ल्याउन सहयोग गरिदिन कार्यबाहक नगर प्रमुख सरिता उपाध्यायले आग्रह गर्नुभयो । नगर परिषर भित्रै रहेको सरकारि सम्पति माथि यसरि आगजनि गर्ने जो सुकैलाई पनि छुटाकारा नहुने प्रेस बिज्ञप्ति मार्फत भनीएको छ । 

घटनाको सत्य तथ्य छानविनको लागि समिति गठन गर्न बसेको आकस्मिक बोर्ड बैठकले वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारिको सयोजकत्वमा ५ सदस्यिय छानविन समिति समेत बनाएको छ । समितिमा वडा नम्बर ३ अध्यक्ष पदमसिह भाट, ५ का अध्यक्ष हरि प्रसाद ढुगाना, लेखापाल दिपक प्रसाद भण्डारि, नायव सुब्बा खगेन्द्र प्रसाद उपाध्याय सदस्य रहनुभएको छ । छानविन समितिले सत्य तथ्य प्रतिवेदन तयार पार्ने र दोषिलाई पत्ता लगाउन सबैलाई सहयोग गरिदिन समेत आग्रह गरेको छ । 

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति अज्ञात समूहले आगजनि गरेपछी गाडी पूर्णरुपमा जलेर नष्ट भएको थियो । नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी मंगलसैन नगरपालिकाले करिब १ बर्ष अघि १ करोड २० लाखमा खरिद गरेको थियो । घट्नाबारे अनुसन्धान भैरहेको अछाम प्रहरीले जनाएको छ ।

नेकपा अछामको पनि गम्भीर ध्यान आकर्षण

यसैविच नेपाल कम्युष्टि पार्टी(नेकपा) जिल्ला कमिटी अछामले गएराती मंगलसैन नगरपालिकाको गाडि माथि अज्ञात समूहले गरेको आगजनीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल कम्युष्टि पार्टी(नेकपा) जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुँवरद्धारा आज जारी प्रेस विज्ञप्तिमा सार्वजनिक सम्पत्तिमाथि अराजक ढंगले आगजनि गर्नु आपत्तिजनक भएको भन्दै भत्सना गरिएको छ । 

आफ्ना कुनै असन्तुष्टि भए कानूनी तवरले समस्याको समधान गर्नुको सट्टा सार्वजनिक सम्पत्ति माथि आगजनि गर्नुको कानूनी राज्यको उपहास भएको अध्यक्ष कुँवरद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । घट्नामा संलग्घन जो सुकै भएपनि पक्राउ गरी कानूनी कार्वाहीको लागि माग गर्दछौ प्रेस विज्ञप्तिमा भनिएको छ । सम्पूर्ण स्थानीय तह, जिल्लास्थित कार्यालय स्थानमा सुरक्षा व्यवस्था मजवुत बनाउन समेत सम्बन्धित पक्षलाई विज्ञप्तिमा मार्फत आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो