2026-08-29 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिसस अछाम कर्मचारी बिहिन भएपछि कामकाजमा समस्या

कमल रावल, जेठ ३, अछाम । जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुवरले कर्मचारी नभएका  कारण समन्वय समिति चलाँउनका लागि समस्या भएको बताँउनु भएको छ । जेठ १ गतेबाट जिसस कर्मचारी बिहिन भएपछि अब आफुहरुलाई कामगर्न समस्या भएको पत्रकार सम्मेलन गरि जानकारी गराँउनुभएको हो ।

५ जना कर्मचारी र ३ जना कार्यालय सहयोगीले कामकाज गरिरहेकोमा कर्मचारी समायोजनबाट उनीहरु आ आफनो रोजेको स्थानीय तहमा गएपछि जिल्ला समन्वय समिति कर्मचारी बिहिन भएको हो । निमित्त समन्वय अधिकारी समेत रहनु भएका शाखा अधिकृत पदम माझि, सुब्बा भवानी सिंह, कार्यालय सहयोगी झपट  सिंह बिष्ट दानसिंह धामि र भ्वान सिंह धामि मंगलसैन  नगरपालिका तथा शाखा अधिकृत खडक बिष्ट, लेखापाल शरद ढुंगाना र सव ईञ्जिनियर छेवाङ सेर्पा कमलबजार नगरपालिकामा समायोजन भई गएपछि जिसस अछाम कर्मचारी बिहिन भएको पत्रकार सम्मेलनमा प्रमुख कुवरले जानकारी गराँउनुभयो ।

जिसस संघिय सरकार मातहत रहेको र १३ जना दर्बन्दि रहेकोमा संघीय सरकार बाट कर्मचारी नखटाईदा आफुहरु समस्यामा  परेको कुवरको भनाई छ । कर्मचारी खाली भएको विषयमा जानकारी सहित दरबन्दि अनुसार कर्मचारी पदपूर्तिका लागि मन्त्रालयमा माग गरिसकेको बताईएको छ । जिल्ला समन्वय समितिमा जिल्ला समन्वय अधिकारी देखी कार्यालय सहयोगी सम्म गरि १३ जनाको दरबन्दी रहेको छ । तत्कालिन जिल्ला विकास समितिमा ९६ जना कर्मचारी रहेकोमा संघियता पछि सबै सबै समायोजन भई बिभिन्न स्थानीय तहमा गैसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो