2026-10-14 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम : मङ्गलसैन नगरपालिकाको गाडी जलाउने दुई जना पक्राउ

जेठ ५ अछाम । मङ्गलसैन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको फोर्ड कम्पनीको इन्डोभर गाडीमा आगजनी गरेको आरोपमा वडा नं १ का दुईलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गाडीमा आगजनी गरी नष्ट गर्ने कुन्तीवण्डालीका १९ वर्षका दीपेन्द्र जैगडी र सोही ठाउँका १९ वर्षका एकेन्द्रराज नाथलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरी नायब निरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । 

पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएका भन्दै उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको र अनुसन्धान तीव्र पारिएको प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो ।

नगरपालिकाले पनि पाँच सदस्यीय छानबिन समिति बनाइ घटनाको अनुसन्धान गरिरहेको नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभयो । सो गाडीमा गत वैशाख ३१ गते राति सवा २ः०० बजेको समयमा आगजनी गरिएको थियो । उक्त गाडी नगरपालिकाले गत वर्ष मात्रै रु एक करोड २० लाख लागतमा खरीद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश