2026-09-18 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

स्वास्थ्य संस्थामा तत्काल औषधि पुर्याउने जिल्ला स्वास्थ्य कार्यालयको प्रतिबद्धता

प्रज्वल पौडेल/मङ्सिर १३, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले
मंसिर महिना भित्रै सरकारले निशुल्क दिने सबै औषधिहरु जिल्लाको सबै स्वास्थ्य संस्थाहरुमा पुर्णरुपमा
पु¥याउने प्रतिबद्धता जनाएको छ ।

रेडियो रामेछाप सामुदायीक एफ
एम ९५.८ मेगाहर्जले जिल्ला विकास समतिमा आयोजना गरेको कार्यक्रम साझा चासोमा स्वास्थ्य कार्यालयका
जनस्वास्थ्य निरिक्षक केशवराज फु्यालले यस्तो प्रतिबद्धता जनाएका छन् । उनले सरकारले बिरामीहरुलाई
निशुल्क बितरण गर्ने सबै औषधिहरु मङ्सिर मसान्त भित्रै सबै स्वास्थ्य सस्थाहरुमा पु¥याउने बताए

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा
५८ र स्वास्थ्य चौकीहरुमा ४० प्रकारका औषधि विरामीलाई निशूल्क रुपमा वितरण गर्दै आएको छ ।

त्यस्तै कार्यक्रममा तामाकोसि सहकारी अस्पताल मन्थली रामेछापका अध्यक्ष
गोबिन्द घिमिरेले भुकम्पपछि रामेछापमा स्वास्थ्य क्षेत्रमा धेरै समस्या आएको बताएका छन् । उनले जिल्लाका
समस्याहरुलाई निराकरण गर्नका लागी संस्थाले नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राखेर प्रभावकारी
काम गरेको जानकारी दिए ।

उनले सरकारले सञ्ंचालन गरेका स्वास्थ्य
सस्थाहरु नागरिकका पहँच भन्दा बाहिर हुने गरेकाले यसका बारेमा पनि बिचार गरी स्वास्थ्य संस्थाहरुलाई
बस्ती केन्द्रित गराउनु पर्नेमा जोड दिए ।

त्यसैगरी आमा समूह
संजाल रामेछापकि सचिव सम्झना श्रेष्ठले महिलामा परेको समस्यालाइ कार्यलयमा आएर जानकारी गराए सहयोग गर्न
तयार रहेको बताइन् । उनले भुकम्पपछि स्थायी आवास नहँदा महिला बालबालिका समस्या परेकाले सरकारले गम्भीर
रुपमा सोचेर योजना अगाडि बढाउनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा भुकम्पपछि रामेछाप जिल्लामा स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा सहभागिहरुबाट
आएको सवालमा छलफल भएको थियो । गाउँका स्वास्थ्य चौकी पर्याप्त मात्रामा औषधि नहुँने, कर्मचारी नहुने
गरेको र स्वास्थ्य चौकी पनि नागरिकको पहँुच बाहिर रहेको बताएका छन् । कार्यक्रममा भुकम्पका कारण जस्ता र
पालका टहराको बसाईले बालबालिका, सुत्केरी गर्भवती महिला र बृद्धबृद्धाहरुमा परेको स्वास्थ्य समस्याहरुका
बारेमा छलफल भएको थियो ।

गएको वैशाख महिनाको १२, १३ र २९ गते
आएको विनाशकारी भुकम्पबाट रामेछापमा रहेका ५६ वटा स्वास्थ्य संस्थाहरु मध्ये २५ स्वास्थ्य संस्थाहरु
पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जसमा जिल्ला अस्पताल रामेछाप, खिम्ति हेल्थ पोष्ट र २३ वटा
स्वास्थ्य चौकीहरु परेका छन् ।

त्यसैगरी २५ स्वास्थ्य
केन्द्रहरुमा आंशिक क्षति पुगेको छ भने ६ स्वास्थ्य केन्द्रमा कुनै क्षति भएको छ । जसमध्ये ८ वटा वर्थिङ
सेन्टरहरु पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । अहिले ति स्वास्थ्य संस्थाहरु अस्थाई क्याम्पमुनि
स्वास्थ्य सेवा दिन बाध्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई