Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मेडिकलमै शिशुको मृत्यु भएपछि दाङका एक मेडिकल सञ्चालक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ७, दाङ | उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।

अर्घाखाँची शितगङ्गा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा गाउँपालिका–१ पुतलिबजारस्थित युनिक मेडिकलका सञ्चालक चेतराम चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

माइतीघर आएको अवस्थामा छोरा बिरामी भएपछि मेडिकल लगिएको र मेडिकलमा लग्दा ‘सिफन्टल ०.२६ एमजी र डिक्सोना ०.२ एम्जी’ मिसाएर सिरिञ्ज लगाएपछि शिशु बेहोस भएपछि  थप उपचारका लागि लुम्बिनी अञ्चल प्रादेशिक अस्पताल लगिएको अवस्थामा मृत्यु भएको हो ।

शिशुको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र व्यवहार गर्नसक्ने भन्दै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । “अरू केही होइन, बच्चाको उपचारको क्रममा मृत्यु भयो, बच्चाको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र ब्यवहार गर्छन भनेर नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो ।