२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अखण्ड बागलुङको डेलिगेशन टोलीले प्रम र ओलीलाई भेट्यो

२१ भाद्र २०७२, सोमबार ०७:०९

सागर भण्डारी/भदौ २१, बागलुङ । बागलुङ जिललालाई अखण्ड राख्नुपर्ने माग सहित बुर्तिबाङदेखि काठमाण्डौ पुगेको डेलिगेशन टोलीले आज प्रधानमन्त्री शुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भेटेको जनाएको छ ।

धीर प्रताप शिंहको संयोजकत्वमा बुर्तिबाङदेखि हिडेको टोलीसँगै, बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासदहरु सहित आज नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शुशील कोइरालालाई भेटेको हो ।

भेटकाक्रममा कोइरालाले, आफूहरुले बागलुङलाई टुक्र्याउने कुनै कारण नरहेको भन्दै त्यसलाई शंसोधन प्रस्ताव मार्फत सच्याउन तीन दलले संयुक्तरुपमा साझा प्रस्ताव राखेकाले ढुक्क रहन आग्रह गर्नुभएको छ ।

यस्तै टोलीले आजै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई पनि भेटेको छ । भेटमा ओलीले बागलुङ जिल्लालाई विभाजन गर्नु गल्ती भएको महसुस गरि त्यसलाई सच्याउन लागेको बताउनुभयो ।

तीन दलले संयुक्त साझा प्रस्ताव मार्फत शंसोधन गरि सिंगो बागलुङलाई ४ नं. प्रदेशमा राख्ने सहमति गरेका छौं भन्दै ओलीले टोलीलाई यस विषयमा निसंकोच रहन आग्रह गरेको टोलीका सदस्य नरहरी भुसालले बताउनुभएको छ ।

डेलिगेशन टोलीले हिजै काँग्रेसका नेता शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेटिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल