2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अखण्ड बागलुङको डेलिगेशन टोलीले प्रम र ओलीलाई भेट्यो

सागर भण्डारी/भदौ २१, बागलुङ । बागलुङ जिललालाई अखण्ड राख्नुपर्ने माग सहित बुर्तिबाङदेखि काठमाण्डौ पुगेको डेलिगेशन टोलीले आज प्रधानमन्त्री शुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भेटेको जनाएको छ ।

धीर प्रताप शिंहको संयोजकत्वमा बुर्तिबाङदेखि हिडेको टोलीसँगै, बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासदहरु सहित आज नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शुशील कोइरालालाई भेटेको हो ।

भेटकाक्रममा कोइरालाले, आफूहरुले बागलुङलाई टुक्र्याउने कुनै कारण नरहेको भन्दै त्यसलाई शंसोधन प्रस्ताव मार्फत सच्याउन तीन दलले संयुक्तरुपमा साझा प्रस्ताव राखेकाले ढुक्क रहन आग्रह गर्नुभएको छ ।

यस्तै टोलीले आजै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई पनि भेटेको छ । भेटमा ओलीले बागलुङ जिल्लालाई विभाजन गर्नु गल्ती भएको महसुस गरि त्यसलाई सच्याउन लागेको बताउनुभयो ।

तीन दलले संयुक्त साझा प्रस्ताव मार्फत शंसोधन गरि सिंगो बागलुङलाई ४ नं. प्रदेशमा राख्ने सहमति गरेका छौं भन्दै ओलीले टोलीलाई यस विषयमा निसंकोच रहन आग्रह गरेको टोलीका सदस्य नरहरी भुसालले बताउनुभएको छ ।

डेलिगेशन टोलीले हिजै काँग्रेसका नेता शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेटिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक