१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

इलाका बन कार्यालयमा बैठक सम्पन्न

२१ भाद्र २०७२, सोमबार ०७:३६

कमल पौडेल/भदौ २१, बागलुङ । बहुसरोकार वाला वन कार्यक्रम लिवर्डको सहयोग तथा धौलागिरि सामुदायीक श्रोत विकास केन्द्र डिसिआरडिसि बागलुङको आयोजनामा संचालित इलाका स्तरीय कृषि वन तथा बातावरण समिति खर्वाङको आयोजनामा इलाका वन कार्यालय खर्वाङमा वैठक सम्पन्न भएको छ ।

इलाका वन कार्यालय खर्वाङ, बागलुङका प्रमुख दिपक श्रीसको अध्यक्षतामा सम्पन्न बैठकले घरबगैंचा सिद्धान्तमा आधारित जिविको पार्जन सुधार योजना कार्यक्रमको अनुगमन गर्ने निर्णय गरेको छ ।

जसको लागी कृषि सेवा केन्द्र, पशुसेवा केन्द्र तथा इलाका वन कार्यालय खर्वाङले भुमिका खेल्ने निर्णय गरिएको छ । ग्वालीचौर, रिघा, पाण्डवखानी, दगातुन्डाडा, सिसाखानी गाविसका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा कृषि वन तथा बातावरण समिति पाण्डबखानीका अध्यक्ष गंगा वहादुर घर्ति पुन, कृषी वन तथा वातावरण समिति दगातुन्डाडाका अध्यक्ष डिप्लोमा खरेल, सामुदायीक वन उपभोक्ता महासंघ बागलुङका सचिव दुर्गा अर्याल लगाएतले बोल्नु भएको थियो ।

बैठक डिसिआरडिसि द्धारा संचालीत लिवर्ड अन्तर्गतका फिल्ड सुपरभाइजर दिपक पुनको स्वागत मन्तव्य तथा सामाजिक परिचालक समिर पुनको संचालनमा सम्पन्न भएको थियो ।

बैठकमा चालु महिना भित्रै जलबायु परिवर्तनको प्रत्यक्ष असरबाट प्रभावित गरिब, दलित, विपन्न, एकल महिला तथा पिछडिएको समुदायीको लागी लक्षीत गर्दै ग्वालीचौर, रिघा, पाण्डबखानी, दगातुन्डाडा तथा शिसाखानी गाविसको लागी ३७ लाख ५० हजार अनुदान कार्यक्रम आउने जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग