2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बोहरागाउँमा तिज विशेष कार्यक्रम सुरु

September 16, 2015

photo 1कृष्ण कँडेल । भदौ ३१, बागलुङ । वृहस्पती युवा क्लव बोहरागाउँ कानबगरको पहिलो बार्षिकोत्सव तथा ३ दिने तिज विशेष कार्यक्रम सुरु भएको छ ।

तिजगित प्रतियोगिता, भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु आयोजना गरिएको तिज विशेष कार्यक्रमको वुधबार कानबगरमा उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल भालिवल संघका सल्लाहकार एवं ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीले तिज महिलाहरुको अधिकार र स्वतन्त्रतासँग जोडिएको चाड भएको बताउनुभयो । अध्यक्ष नेपालीले तिजको मौलिकतालाई बचाउँदै महिला सचेतना बृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पहिल्लो समय तिज भड्किलो भएको भन्दै विकृति र भड्किलोपन हटाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुतिबाङ्ग बस व्यवसायि समितिका अध्यक्ष चन्द्रलाल अर्याल, समाजसेवि रामप्रसाद आचार्य, पत्रकार लोकेन्द्र सुनार लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा चार जना ज्यष्ठ नागरिकलाई जनहि १ हजार सहित सम्मान गरिएको थियो भने गत बर्षको प्रवेशिका परिक्षा एसएलसीमा निसी, बोहरागाउँ र देविस्थान गाविसबाट प्रथम हुने तिन जना विद्यार्थीलाईपनि सम्मान गरिएको थियो । एकजना अपाङ्गगता भएका व्यक्तिलाई पनि नगद १ हजार ५ सय रुपैयाँ सहित सम्मान गरिएको क्लवले जनाएको छ । भोलीसम्म चल्ने कार्यक्रम उद्घाटनको अवसरमा स्थानिय पहिला समुह, आमा समुह लगायतले तिजगित तथा नृत्य प्र्र्रश्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि देवकुमार नेपालीले स्थानिय विभिन्न संघसस्थाहरुलाई २ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले कार्यक्रमको आयोजक वृहस्पती युवा क्लवलाई नगद ८० हजार, जन मावि बोहरागाउँलाई एक जना शिक्षकको तलव एक बर्षको तलवको लागि मासिक ६ हजारका दरले ७२ हजार, विद्यालयको भौतिक सुधारम खर्च गर्ने गरि २५ हजार, बोहरागाउँ महिला विकाश समितिलाई १० हजार, स्थानिय झिम्पा आमा समुहलाई ५ हजार र प्रवेशिका उतिर्ण विद्यार्थी सम्मान, ज्यष्ठ नागरिक सम्मान, अपाङ्गता सम्मान लगायतको लागि १० हजार ५ सय रुपैयाँ प्रदान गर्नुभएको हो ।

रकम प्रदान गर्दै अध्यक्ष नेपालीले दुर्गम क्षेत्रको विकाशमा सहयोग पु¥याउने उदेश्यले रकम प्रदान गरेको बातउनुभयो । उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक