१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ संविधान निर्माण भएको खुसियालीमा ठाउँ ठाउँमा र्याली

४ आश्विन २०७२, सोमबार २३:३७

कमल पौडेल/ असोज ५, बागलुङ (खर्वाङ) ।  नयाँ संविधान निर्माण भएको खुसियालीमा आज खर्वाङमा संविधान उत्सव मनाइएको छ । दगातुन्डाडामा क्रियाशिल राजनैतिक दलहरुको अगुवाईमा पञ्चैवाजा सहितको र्यालीले डिखोला हुँदै खारपानी वाट फर्कि खर्वाङ वजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो ।

सयौंको सहभागिता रहेको र्याली पछिको को कोण सभामा वोल्दै वक्ताहरुले नयाँ संविधानले दिगो विकासको आधारशिला खडा गरेको वताउदै संविधान कार्यान्वयनको विषय चुनौतिपूर्ण भएको ले सजक रहनुपर्ने वताएका थिय । छिमेकि देश भारत प्रति इंकित गर्दै वक्ताले नेपाली आफ्नो निर्णय गर्न आफै सक्षम भएको भन्दै अनावश्यक हस्तक्षप वन्द गर्न र एकतावद्ध ढंगले अगाडि वढ्न नेतालाई सुझाएका थिए । कार्यक्रममा नेपाली काग्रेसका दगातुन्डाडा सभापति रत्न वहादुर क्षेत्रि, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसाल, एकिकृत नेकपा माओवादीका कासिराम वि.क., राष्ट्रिय जनमोर्चाको तर्फवाट अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष भिमसेन वन ले मन्तव्य व्यक्त गरेका थिय । कार्यक्रम पत्रकार कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

sambidhan ma khusi 1

त्यस्तै बागलुङको रिघामा पनि संविधान उत्सव मनाइएको छ । रिघाको माथिल्लो भेगमा र्यालीले परिक्रमा गरि कोण सभामा परिणत भएको देव वि.क. ले जानकारी दिनुभएको छ । त्यस्तै ग्वालीचौरमा पनि संविधान उत्सव मनाइएको छ । वार्ड नं. १ न्वार वाट सुरु भएको पञ्चैवाजा सहितको र्यालीले खार वजार परिक्रमा गरि खौलारमा कोण सभामा परिणत भएको थियो ।

sambidhan ma khusi 2

कार्यक्रममा नेपाली काग्रेसका गाउँ कार्य समिति सभापति अर्जुन प्रसाद खरेल, एमालेका गाउँ कमिटि अध्यक्ष कमल राज आचार्य, एकिकृत नेकपा माओवादीका गाउँ कमिटि इन्चार्ज कलाधर घिमिरे ले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन नेकपा एमाले क्षेत्रिय सचिव सुदर्शन भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्र र प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न हतकडीसहित एक महिला अभियुक्त फरार अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना ‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’ सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा ‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’ संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’ स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह राष्ट्रिय हक्की वैशाख १७ देखि हुने शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने