2026-10-15 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन सरोकारवाला प्रतिबद्ध

टेकराज भण्डारी | जेठ १३, अछाम | ओलिगाउँ स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई अझै प्रभावकारी बनाउन सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य चौकीबाट प्रबाह हुने सेवा सुविधाका बारेमा आज आयोजित सामाजिक परिक्षण कार्यक्रमका सहभागि सरोकारबालाले प्रतिबद्धता जनाएका हुन् । 

मंगलसैन नगरपालिकाको सहयोग, सुदूर संचार समाज नेपालको सहजीकरण तथा ओलिगाउँ स्वास्थ्य चौकीको आयोजनामा भएको सामाजिक परिक्षणमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मंगलसैन ८ का वडा अध्यक्ष हिरण्ड बोहराले सामाजिक परिक्षणले सेवा सुविधा प्रभावकारी बनाउन प्रेरणा दिएको भन्दै आफुले पनि स्वास्थ्य व्यवस्थापनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताउनु भयो । स्वास्थ्य चौकीमा खानेपानी, सडक लगायतका सुविधाका लागि वडा तथा नगरबाट सहयोग गर्ने बताउनु भयो । 

स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ९ का अध्यक्ष झपट रावलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष रावलले आफुले स्वास्थ्यको व्यवस्थापनका लागि सहयोग गरिहेको र आगामी दिनमा खानेपानी, सडक, कम्प्युटर लगायतका सामग्रीका लागि पहल गर्ने बताउनु भयो । सामाजिक परिक्षणमा स्वास्थ्य संस्थाको समग्र सेवा, आर्थिक, भौतिक पक्ष लगायतका बारेमा जानकारी गराउँदै ईन्चार्ज टेकबहादुर नेगीले संस्थामा खानेपानीको ठुलो समस्या रहेको भन्दै समाधानका लागि आग्रह गर्नुभयो । वडामा सबै गर्भवति महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका, नयाँ भवन, बर्थिङ सेन्टर व्यवस्थापन भएको, विद्युतीय हाँजिरी जडान गरिएको, सबै बालबालिकालाई पूर्ण खोप दिईएको, नियमित गर्भजाँच लगायतका क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनु भयो । 

कार्यक्रमबाट स्वास्थ्य संस्थाको सुधारका लागि विभिन्न कार्ययोजना समेत तयार गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका बहादुरसिंह बिष्ट, मंगला नेरा माविका व्यवस्थापन समिति अध्यक्ष भैरब बोहरा, स्वयंसेविका लक्ष्मी रावल लगायतले सुझाव दिएका थिए । अनमी रामेश्वरी रावलले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सुदूर संचार समाजका कृष्ण बहादुर बुढाले गर्नुभएको थियो । सोही कार्यक्रम भोली कुन्तीबण्डाली स्वास्थ्य चौकीमा हुने भएको छ । सुविधाका बारेमा सामाजिक परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने