Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बागलुङका कम्प्यूटर शिक्षकको लागी तालिम सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

trainning news

कमल पौडेल/असोज १६, बागलुङ । माइक्रोसफ्ट इन्नोभेसन सेन्टर काठमाडौंको आयोजनामा बागलुङमा कम्प्यूटर शिक्षकहरुको लागी पुर्नताजगी तालिम सम्पन्न भएको छ ।

विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङ नगरपालिका मा भएको कार्यक्रममा माइक्रोसफ्ट इन्नोभेसन तथा प्रविधिद्धारा गरिवि निवारण (TAP foundations) को सहयोगमा कम्प्यूटर ल्याव व्यवस्थित गरेका जिल्लाका २१ विद्यालयका कम्प्यूटर शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिममा कम्प्यूटर नेटवर्किङको वारेमा सिकिएको र तालिम प्रभावकारी शिक्षण सिकाईको लागी उपलब्धिमुलक वनेको निसिभुजि जनता क्याम्पस वुर्तिवाङका शिक्षक इन्दु रासकोटीले जानकारी दिनुभयो ।

विहिवार देखि २ दिन सम्म चलेको तालिममा माइक्रोसफ्ट इन्नोभेसन सेन्टर काठमाडौंका सिस्टम एडमिनिष्ट्रेटर सुप्रशिद्ध ताम्राकारले सहजिकरण गर्नुभएको थियो ।
माइक्रोसफ्ट इन्नोभेसन तथा प्रविधिद्धारा गरिवि निवारण (TAP foundations) को सहयोगमा गत वर्ष बागलुङका २१ विद्यालयमा प्रति विद्यालय २० थान अत्याधुनिक कम्प्यूटर सहित कम्पूटर प्रयोगशालाको व्यावस्थापन गरिएको थियो ।