2026-06-27 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हरिचौर सवस्टेसन डेढ बर्षमा बन्ने

कृष्ण कँडेल । मंसिर ८, गलकोट । बागलुङको हरिचौरमा निर्माणधिन नेपाल विद्युत प्राधिकारणको सव स्टेसनको अन्तिम चरणसम्मको काम सम्पन्न गर्नका लागि ठेक्का सम्झौता भएको छ । १ बर्ष ६ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरि बङ्लादेशी कम्पनी ईनर्जि प्याकले ४ करोडमा सम्झौता भएको नेपाल विद्युत प्राधिकारण क्षेत्रिय कार्यालय पोखराका प्रमुख रविन्द्र महासेठले जानकारी दिनुभयो ।

सवस्टेसन निर्माणको लागि करिव ३ महिना पहिले ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले साईट भेरिफिकेसन समेत गरिसकेको छ । अहिले ठेकेदार कम्पनी ईनर्जि प्याकले संरचना कुन अकारमा बनाउने, मेसिन उपकरण कसरी राख्ने लगायत ड्रोईङको काम गरिरहेको नेपाल विद्युत प्रधिकारण वितरण केन्द्र बागलुङका प्रमुख रोहिणी पौडेलले बताउनुभएको छ । सव स्टेसनको सम्पुर्ण निर्माणको काम नेपाल विद्युत प्राधिकारण क्षेत्रीय कार्यालय पोखराबाट हुनेछ ।

सव स्टेसनको लागि यस अघि नै जग्गा खरिद गरि सम्याउने लेवलिङको काम भईसकको छ । यो काम नेपाल विद्युत प्रधिकरण प्राविधिक सेवा विभाग अन्तरगत भएको बागलुङ वितरण केन्द्रका प्रमुख पौडलले बताउनुभएको छ । सवस्टेसन बनेपछि स्थानिय रुपमा उत्पादन भएका विद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड् सहज हुने छ । अहिलेसम्म गलकोट क्षेत्रमा वितरण केन्द्र बागलुङबाट विद्युत वितरण हुँदै आएकोमा सवस्टेसन बनेपछि गलकोट हरिचौरबाटै हुने प्राधिकारणले जनाएको छ ।

छोटो दुरीबाट विद्युत वितरण गर्दा सेवा स्तरिय हुने भएको छ । अहिले रहेको प्रसारण लाईनबाट ३३ केभी प्रसारण लाईनमा ११ केभी विद्युत वितरण भईरहेको छ । सवस्टेसन निर्माणपछि ११ कभी प्रसारण लाईनबाट विद्युत वितरण गरिने र ३३ केभीबाट स्थानिय उत्पादनको विद्युतलाई राष्ट्रिय प्रसारण लाईनमा जोडिने बताईएको छ ।

ठेक्का सम्झौता अनुसार समयमै सवस्टेसन निर्माण कार्य भएमा गलकोटको हिलमा निर्माणाधिन दरमखोला ए बाट उत्पादन हुने विद्युतलाई केन्द्रय प्रसारणलाईनमा जोड्न सजिलो हुने छ । सयपत्री हाईड्रोपावर कम्पलीले निर्माण गर्दै गरेको २.५ मेघावाट क्षेमताको दरमखोला ए करिव साढे १ महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी