२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्थायि निति निर्माणमा सञ्चारको भुमिका महत्वपुर्ण

२०७२, २५ मंसिर शुक्रबार २०:५४

कृष्ण कँडेल/मङ्सिर २६, गलकोट । गलकोट क्षेत्रका राजनैतिक अगुवाहरुले स्थानिय निति निर्माण र विकासमा सञ्चार मध्यमले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने वताएका छन् ।

गलकोट सुचना तथा सञ्चार सहकारीले स्थानिय निति निर्माण र विकाशमा सञ्चारको भुमिका विषयमा गलकोटका राजनैतिक अगुवासँग आज गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाली काग्रश जिल्ला कार्य समिति सदस्य फमबहादुर खत्रीले गलकोट एफएमले प्रसारण गर्ने समाचार तथा कार्यक्रममा गलकोटको साझा धारणा आत्मसथ हुने गरेको वताउनुभयो ।

उहाँले सवैभन्दा राम्रो पक्ष राजनैतिक, समाजिक र सास्कृतिक रुपमा सन्तुलित सामग्री प्रसारण हुने गरेको तर्क गनुभयो । नेकपा एमाले गलकोट विशेष ईलाका समिति संयोजक वुलबहादुर केसीले गलकोटलाई सुचनाको अन्धकारबाट जोगाउन सञ्चार माध्यमलाई बचाउनुपर्ने बताउनुभयो । केसीले लक्षित बजेटबाट सञ्चालन हुने कार्यक्रमको बरेमा निग्रानी बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै एकिकृति नेकपा माओवादी हटिया गाउँ पार्टि अध्यक्ष चित्र सहनीले स्थानिय संघ सस्थाले गर्ने कार्यक्रमको प्रचार प्रसार र निगरानीमा सञ्चारले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला समिति सदस्य नेत्र वुढाथोकीले गविस सचिव र दलका नेतालाई सचेत गराउने खालका कार्यक्रम गर्नुपर्ने भन्दै उनिहरु सचेत नहुँदा गाविसहरु न्युनतम सर्तमापनमा फेल हुने गरेको बताउनुभयो । कार्यक्रममा गलकोट सुचना तथा सञ्चार सहकारीका सञ्चार समिति सदस्य तथा गलकोट एफएमका स्टेसन म्यानेजर कृष्ण कँडेलले स्थानिय निति निर्माण र विकाशमा सञ्चार माध्यमको भुमिका विषयमा आधार पत्र प्रस्तुत गर्नुभएको थियो ।

सहकारीका उपाध्यक्ष गुमासिंह बुढाथोकीले संस्थागत अवधारण राख्नुभएको थियो । सहकारीका सञ्चालक समिति सदस्य हर्कबहादुर पाण्डेले गाविसको बजेट र कार्यक्रममा सञ्चारलाई समेट्न राजनैतिक अगुवालाई आग्रह गर्नुभएको थियो । कार्यक्रमाम गलकोट क्षेत्रका राजनैतिक अगुवाहरुको सहभागीता रहेको सहकारीका प्रवन्ध निर्देशक गणेश खत्रीले जानकारी दिनुभएको छ ।

सहकारीले गलकोट र आसपासको क्षेत्रमा सुचनाको पहुँच विस्तार गरि नागरिकलाई सु–सुचित गर्ने उदेश्यले २०६७ सालदेखि गलकोटपत्र साप्ताहिक र २०६८ सालदेखि सामुदायिक रेडियो सञ्चालन गर्दै आएको छ ।

स्थानिय शुसासन, निति निर्माण, विकाश निर्माण लगायतमा सञ्चार माध्यमको भुमिकाको विषयमा अन्तरक्रिया गरिएको सहकारीका अध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभएको छ ।

रेडियो र पत्रिकाले गलकोटका १२ ओटा गाविसलाई मुख्य प्राथमिकतामा राखेर समाचार तथा कार्यक्रम प्रकाशन प्रसारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट