१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘जनताको संविधान जनताकै माझमा’ अभियान धौलागिरीमा पुस १२ गते हुने

२७ मंसिर २०७२, आईतवार ०२:३२

कृष्ण कँडेल, मंसिर २७, गलकोट / नेपाल सरकारले नयाँ संविधानको प्रचार प्रसारको लागि सञ्चालन गरेको राष्ट्रिय अभियान धौलागिरीमा अगामि पुस १२ गतेदेखि सुरु हुने भएको छ । ‘जनताको संविधान जनताकै माझमा’ भन्ने मुख्य नाराका साथ सरकारले सञ्चालन गरेको अभियानको धौलागिरीमा पुस १२ उपप्रधान, सहकारी तथा गरिवि निवारण मन्त्री चित्रबहादुर केसीले सुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । नेपाल सरकारले यहि मंसिर २१ गते काठमाण्डौमा कार्यक्रम गरि संविधान प्रचार राष्ट्रिय अभियान सञ्चालन गरेको हो ।

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले जिल्ला स्तरको कार्यक्रम सञ्चालनमा समन्वयको जिम्मेवार स्थानिय विकास अधिकारीलाई दिएको छ । बागलुङका स्थानिय विकास अधिकारी भरत गौतमले पुस १२ गते अञ्चल स्तरिय संविधान प्रचार अभियानको सुरुवात गरिने र त्यसपछि जिल्ला तथा गाविस स्तरका कार्यक्रम तय गरि सञ्चालन गरिने जानकारी दिनुभएको छ ।

उपप्रधान सहकारी तथा गरिवि निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानले जनतालाई अधिकार नदिएको भन्दै भ्रम सृजना गरिएकाले संविधनमा समेटिएका जनताका अधिकार तथा संविधानको सार स्थानिय नागरिकको दैलोसम्म पु¥याउन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री केसीले नयाँ संविधान पुर्ण लोकतान्त्रिक र संसोधनको लचकता सहितको भएकाले समय अनुसारका आवश्यकतालाई संविधान संसोधन मार्फत समावेश गर्न सकिने बताउनुभयो । उहाँले नयाँ संविधानले लोकतन्त्रलाई सुदृढिकारण र गणतन्त्रलाई संस्था गत गरेको जानकारी दिनुभयो । केसीले संविधान जारी भएपछि नयाँ संविधानमा भएका विषयलाई यस अघि कहिल्यै नलगिएको भन्दै जनतालाई वुझाउने अभियान नयाँ भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अवैध कारोबारमा २१ जना पक्राउ