१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटमा सुन्तला उत्पादन घट्यो

२९ मंसिर २०७२, मंगलवार ०८:५३

कृष्ण कँडेल/ मंसिर २९, गलकोट । बागलुङको गलकोट क्षेत्रमा यो बर्ष सुन्लता उत्पादन घटेको छ । सुन्तलामा फल खाने किराको प्रकोप, बगैचा व्यवस्थापन नभएको जस्ता कारणले सुन्तला उत्पादन गत बर्षको तुलनामा करिव १ प्रतिशतले घटेको कृषि सेवा केन्द्र हरिचौरले जनाएको छ ।

गलकोटमा गत बर्ष १ सय १० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो बर्ष घटेर १ सय ८ मेट्रिकटन उत्पादन भएको कृषि सेवा केन्द्रका प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गलकोटको ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । यस क्षेत्रको उत्पादकत्व प्रतिहेक्टर २.२ मेट्रिकटन रहेको शर्माको भनाई छ ।

orange

भोगटे, निबुवा लगायतका सुन्तला जातका अन्य फलफुलको उत्पादन यो बर्ष आधा भन्दा बढी घटेको छ । फलखाने किराको प्रकोप बढी भएको र उपचार नहुँदा उत्पादन आधा भन्दै धेरैले कमि आएको केन्द्र प्रमुख शर्माले बताउनुभएको छ । गलकोटको हटिया, हरिचौर र नरेठाँटी गाविसमा किसानहरुले सुन्तला खेती बढी गर्ने गरेका छन् भने मल्म, काँडेवास, रिघा पाण्डवखानी, दुदिलाभाटी लगायतका गाविसमा पनि सुन्तला खेती हुने गर्दछ ।

हरिचौरका कृषक ललित श्रीसले पनि यो बर्ष सुन्तला गत बर्ष जस्तो राम्रो नभएको बताउनुभएको छ । रोग किराको प्रकोप बढी भएकाले उत्पादन घटेको श्रीसको भनाई छ । उहाँले जिल्ला कृषि बिकास कार्यालय बागलुङ र कृषि सेवा केन्द्र हरिचौरबाट सुन्तलाखेतीमा त्यती चासो नदिईएको बताउनुभएको छ । कृषक श्रीसले फलफुल तथा तरकारी संकलन केन्द्रको माग गरेपनि त्यसको सम्वोधन हुन नसकेको तर्क गर्नुभयो । उहाँले ३५ रोपनी क्षेत्रफलमा करिव ६ सय सुन्लाका वोट लगाउनुभएको छ ।

विगत १६ बर्षदेखि सुन्तलाखोती गर्दै आउनुभएका श्रीसले सुन्तला बेचेर एक बर्षमा २ लाख भन्दा बढी आम्दानी गर्ने गरेको वताउनुभएको छ । उहाँले यो बर्ष प्रतिकेजी सुन्तलाको ५० रुपैयाँमा विक्रि गर्ने गर्नुभएको छ । जनएकाता कृषि तथा पशुपालन सहकारीका अध्यक्ष समेत रहनुभएका कृषक श्रीसले पनि उत्पादन घटेको वताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर