२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटमा सुन्तला उत्पादन घट्यो

२०७२, २९ मंसिर मंगलवार ०८:५३

कृष्ण कँडेल/ मंसिर २९, गलकोट । बागलुङको गलकोट क्षेत्रमा यो बर्ष सुन्लता उत्पादन घटेको छ । सुन्तलामा फल खाने किराको प्रकोप, बगैचा व्यवस्थापन नभएको जस्ता कारणले सुन्तला उत्पादन गत बर्षको तुलनामा करिव १ प्रतिशतले घटेको कृषि सेवा केन्द्र हरिचौरले जनाएको छ ।

गलकोटमा गत बर्ष १ सय १० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो बर्ष घटेर १ सय ८ मेट्रिकटन उत्पादन भएको कृषि सेवा केन्द्रका प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गलकोटको ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । यस क्षेत्रको उत्पादकत्व प्रतिहेक्टर २.२ मेट्रिकटन रहेको शर्माको भनाई छ ।

orange

भोगटे, निबुवा लगायतका सुन्तला जातका अन्य फलफुलको उत्पादन यो बर्ष आधा भन्दा बढी घटेको छ । फलखाने किराको प्रकोप बढी भएको र उपचार नहुँदा उत्पादन आधा भन्दै धेरैले कमि आएको केन्द्र प्रमुख शर्माले बताउनुभएको छ । गलकोटको हटिया, हरिचौर र नरेठाँटी गाविसमा किसानहरुले सुन्तला खेती बढी गर्ने गरेका छन् भने मल्म, काँडेवास, रिघा पाण्डवखानी, दुदिलाभाटी लगायतका गाविसमा पनि सुन्तला खेती हुने गर्दछ ।

हरिचौरका कृषक ललित श्रीसले पनि यो बर्ष सुन्तला गत बर्ष जस्तो राम्रो नभएको बताउनुभएको छ । रोग किराको प्रकोप बढी भएकाले उत्पादन घटेको श्रीसको भनाई छ । उहाँले जिल्ला कृषि बिकास कार्यालय बागलुङ र कृषि सेवा केन्द्र हरिचौरबाट सुन्तलाखेतीमा त्यती चासो नदिईएको बताउनुभएको छ । कृषक श्रीसले फलफुल तथा तरकारी संकलन केन्द्रको माग गरेपनि त्यसको सम्वोधन हुन नसकेको तर्क गर्नुभयो । उहाँले ३५ रोपनी क्षेत्रफलमा करिव ६ सय सुन्लाका वोट लगाउनुभएको छ ।

विगत १६ बर्षदेखि सुन्तलाखोती गर्दै आउनुभएका श्रीसले सुन्तला बेचेर एक बर्षमा २ लाख भन्दा बढी आम्दानी गर्ने गरेको वताउनुभएको छ । उहाँले यो बर्ष प्रतिकेजी सुन्तलाको ५० रुपैयाँमा विक्रि गर्ने गर्नुभएको छ । जनएकाता कृषि तथा पशुपालन सहकारीका अध्यक्ष समेत रहनुभएका कृषक श्रीसले पनि उत्पादन घटेको वताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ