2026-07-25 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दिदि वहिनि वचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

कमल पौडेल । पुस २४, बागलुङ (खर्वाङ) । दिदि-वहिनि वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुन्डाडा बागलुङको पाचौं वार्षिक साधारण सभा शुक्रवार जिल्ला विकास समितिको हल खर्वाङमा सम्पन्न भएको छ ।

कुल ५४२ जना दिदिवहिनी शेयर सदस्य रहेको सहकारीमा १३८ जना वाल वचत कर्ता समेत रहेका छन् । साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शान्ति अधिकारीले आगामी वर्ष शेयर सदस्य ६ सय पुर्याउने वताउनु भएको छ । त्यस्तै सचिव विना थापाले प्रस्तुत गरेको १ करोड, ६ लाख, ५० हजार वरावरको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ । साधारण सभाको उद्घाटन सत्रमा वोल्ने वक्ताले महिलाहरुलाई आर्थिक रुपमा सवल वनाउन छरिएको पुँजीलाई एकिकृत गरि महिलाहरुलाई समेत एकता वद्ध गराएको भन्दै सहकारीको प्रशंसा गरेका थिए । कार्यक्रममा अन्तरपार्टि महिला संजाल दगातुन्डाडाका अध्यक्ष कलावति गिरि, नेपाली काँग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका रेम वहादुर भुजेल, त्रिभुवन उच्च माविका प्राचार्य ढालमणि भण्डारी, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, सिवाईसी नेपाल खर्वाङ शाखाका प्रवन्धक शान्ति शर्मा, कृषि सेवा केन्द्र खर्वाङका प्रमुख जटासंकर साहु लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट वृद्ध वचतकर्ता मिना घिमिरे र वेलकुमारी अर्याल, तथा उत्कृष्ट वचत कर्ता कवि गिरिलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शान्ति अधिकारीको अध्यक्षता, सदस्य राधिका खरेलको स्वागत मन्तव्य तथा सचिव विना थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक