2026-06-29 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संचार माध्ययमको सवलिकरण र नियमनको लागी नयाँ निति – संचार मन्त्रि राई

कमल पौडेल/ माघ १, बागलुङ (खर्वाङ) । सुचना तथा सञ्चार मन्त्रि एवं सरकारका प्रवक्ता शेरधन राईले संचार माध्यमको सवलिकरण र नियमनको लागी नयाँ निति आवश्यक रहेको वताउनु भएको छ । शुक्रवार रेडियो सारथी १०७.४ मेघाहर्ज खर्वाङ, बागलुङको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै प्रवक्ता राईले संचार संग सम्बन्धित नयाँ निति तय गरिदैँ रहेको वताउनु भएको छ। देशको परिवर्तनमा समेत सञ्चार माध्ययमले महत्वपूर्ण भुमिका खेलेको भन्दै ग्रामिण क्षेत्रमा रहेर सुचना प्रवाहमा सहयोग गर्ने एफ.एम. रेडियोको काम प्रति प्रशंसा गर्नुभएको थियो ।

baglung

त्यस्तै शुभकामना दिँदै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले राज्यले उचित निति तय गर्नुपर्ने वताउँदै लगानीका क्षेत्र पहिलाउनु पर्ने वताउनु भएको छ। विष्टले रेडियो सारथीको भुमिकाको प्रशंसा गर्नुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमले राज्यको तल्लो निकायले पनि रेडियोलाई सहयोग गर्नुपर्ने वताउनु भएको छ ।

शुभकामना दिँदै सुचना तथा संचार सहकारी संघका केन्द्रिय उपाध्यक्ष मना के.सि.ले रेडियो सारथीको विकासको लागी निरन्तर सहयोग गर्ने वताउनु भएको छ ।

baglung 2

व्रोकाष्टिङ एसोसियसन अफ नेपाल (वान) का केन्द्रिय सचिव दुर्गा अधिकारीले ग्रामिण क्षेत्रको रेडियो आवाज विहिनको आवाज वन्नु पर्ने वताउनु भएको छ।

त्यस्तै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले जिल्लाको समानुपातिक विज्ञापनलाई सहयोग गर्ने वताउनु भएको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले संचार माध्यम विना राज्य नै असफल हुने भन्दै रेडियो सारथीको सहयोगको लागी जिल्ला विकास समिति संग समेत समन्वय गर्ने वताउनु भएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद रामनारायण सुवेदिले ग्रामिण भेगको पहिलो रेडियो सारथीले आफ्नो पहिचान स्थापित गरेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।

उद्घाटन समारोहको उद्घाटन गर्दै एकिकृत सेवा केन्द्र वुर्तिवाङका प्रमुख जनक थापाले राज्यको सुचक संचार माध्ययम भएको वताउनु भएको छ । थापाले संचार माध्ययमको विकास विना देशको विकास सम्भव नहुने वताउनु भएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका प्रेम खरेल, रेडियो पुस्पाञ्जलीका कार्यकारी प्रमुख कौरव खत्रि, प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रि, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, शेयर सदस्य होसियार सिंह थापा, प्रस्तोता लक्ष्मण वराल, कार्यक्रम प्रमुख कृष्ण प्रसाद पोखरेल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

baglung 1

कार्यक्रम संचालक समितिका अध्यक्ष एवं स्टेसन म्यानेजर विष्णु भुसालको अध्यक्षता, संचालक समितिका सहसचिव एवं समचार प्रमुख कमल पौडेलको स्वागत मन्तव्य एवं संचालक समितिका सचिव नारायण धितालको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै वार्षिकोत्सवको अवसरमा आज विहान रेडियोको तर्फवाट खर्वाङ वजार सरसफाई गरिएको थियो भने विरामीहरुलाई फलफुल तथा भिटामिन बि का क्याप्सुल वितरण गरिएको थियो । कार्यक्रममा स्थानिय वजारवासी, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको रेडियोले दिनभर प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ