2026-09-13 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चन्द्रौटा नगर उद्यानमा बृक्षारोपण

माधव बेल्वासे | जेठ २२, चन्द्रौटा (कपिलवस्तु) | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको चन्द्रौटा नगर उद्यान परिसरमा बृक्षारोपण गरिएको छ । वुधवार विश्व वातावरण दिवशको अवशर पारी एन एम वी वैक चन्द्रौटाले विभिन्न प्रजातीको फुल तथा फलफुलका विरुवाहरु रोपिएको छ । वृक्षारोपण आजको आवश्यकता भन्दै १ सय ५० विरुवाहरु रोपीएको हो ।

वृक्षारोपण कार्यक्रममा सहभागी हुदैँ प्रदेश सांसद अर्जुन केसीले रुख विरुवाहरु वचाउनुको सट्टा विनास हुदै गएकोमा यसमा स्थानियहरु सजग हुनुपर्ने वताए । वातावरण संरक्षणको लागी वित्तिय सस्थाले गरेको लगानीको प्रशंसा गरे ।

सांसद केसीले उद्यानलाई आकर्षक र ब्यावस्थित बनाउन स्थानिय सरकारले विशेष जोड दिनुपर्ने वताए । शिवराज नगरपालिकाको एक पर्यटकिय स्थलको रुपमा यस उद्यानलाई विकास गरी  आर्कषक बनाउन छलफल र योजना निमार्ण गर्नुपर्ने जनाए । राजमार्ग देखी नजिकै रहेको उद्यानमा यात्रुहरु पनि उद्यान अवलोकन गर्न आउने वातावरण सिर्जना गर्नुपर्ने जिकिर गरे ।

एन एम वि वैकका प्रदेश म्यानेजर डिविर विक्रम शाहले वातावरण संरक्षणको लागी वैकले वृक्षारोपण कार्यक्रम आयोजना गरेको वताए । प्रदेशका विभिन्न साखाहरुले रचनात्मक सामाजिक काम गरिरहेको वताउदै सामाजिक काममा वैक पछाडी नहट्ने दावी गरे ।

चन्द्रौटा साखाका ब्यावस्थापक लालवहादुर भण्डारीले विगतका दिनहरुमा पनि वैकले सामाजिक क्षेत्रमा काम गरिरहेको  जनाए । स्वास्थय सस्था,अग्नी पिडित तथा असाहय गरिव नागरिकहरु लागी सहयोग गरेको स्मरण गर्दै नगर उद्यानलाई ब्यावस्थापन गर्ने उद्देश्यले वृक्षारोपण गरेको जनाए । कार्यक्रममा शिवराज नगरपालिकाका जनप्रतिनिधि,व्यापारी,उद्योगी,सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । उद्यानको स्वागतमा विभिन्न फुलहरु रोपीएको छ भने पछाडी तर्फ फलफुलहरु आप लिचि लगाएतका विरुवा रोपीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन