2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

जनताको संविधान जनताको माझमा कार्यक्रम बेतालीमा सम्पन्न

प्रज्वल पौडेल/ पुस ४, रामेछाप
।  
नेपालको संविधान २०७२ को अन्तरवस्तुको बारेमा शनिबार बेताली गाविसमा एक दिने कार्यक्रम
सम्पन्न भएको छ । जनताको संविधान जनताकै माझमा भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको छ ।
संविधानको अन्तरवस्तु बारे गाविस तहमा समेत नागरिकलाई जानकारी गराउने सरकारको घोषणा अनुसार सो कार्यक्रम
भएको गाविस सचिव पुण्य प्रसाद बरालले जानकारी दिए ।

कार्यक्रमका
वत्ताहरुले समावेशीको अद्वितीय नमूना रहेको संविधानसभाबाट जारी भएको नेपालको संविधानले सबैका हकअधिकार
स्थापित गर्नुका साथै समानुपातिक समावेशीताको सिद्धान्त अपनाएको बताएका थिए ।

यसैगरी बेताली
गाविसमा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । वेताली गाविस र लिवर्डको आयोजनामा मेला सम्पन्न भएको हो ।
शनिबार भएको प्रदर्शनी कार्यक्रम गाविस सचिव पुण्यप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा
बेताली, नामाडी र रस्नालु गाविसका कृषकहरुले भाग लिएका थिए । उनीहरुले आफ्नो कृषि मेलामा प्रदर्शन गरेका
थिए ।

प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको प्रमुख आतिथ्यतमा
भएको कार्यक्रममा स्थानीय विकास अधिकारी दिनेशराज पन्त, विभिन्न राजनीनितिक दलका प्रतिनिधिहरु लगायतले
मन्तव्य राखेका थिए । वक्ताहरुले कृषि क्षेत्रको विकास वेगर नेपालको विकास सम्भव नभएको धारणा राखे ।
उनीहरुले कृषकहरुलाई प्रोत्साहित गर्न यस्ता कार्यक्रमले महत्व राख्न बिचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई