२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भुकम्प प्रतिरोधी घर निर्माण तालिम तत्काल सुरु गर्ने

२०७२, ७ माघ बिहीबार २१:३०

Earthquake-secure-homeप्रज्वल पौडेल – माघ ८, रामेछाप
मेडियर नामक दातृ संस्थाको आर्थिक सहयोगमा सामुदायिक विकास समाज रामेछापले रामेछापका ३
गाविसमा तत्कालै जनचेतना र भुकम्प प्रतिरोधी घर निर्माण तालिम सुरु गर्ने भएको छ । मेडियरका पुनर्निमाण
अधिकृत इञ्जिनीयर किरण कुइँकेल र सञ्चार अधिकृत प्रसुन सिंहले सहभागितामूलक सुरक्षित आवास कार्यक्रम
(पासा) सुरु गर्ने जानकारी दिए ।

इञ्जिनीयर कुइँकेलका अनुसार
मेडियरले रामेछापका हिमगंगा, बिजुलीकोट र साँघुटार गाविसबासीलाई ५ दिने चेतनामूलक तालिम दिईने छ । उनले
भने– “हरेक वडाका ३ जना मिस्त्रीलाई सुरक्षित घर निर्माण तालिम दिने योजना बनाएका छौ । ” स्थानीय स्रोत
साधनबाट सजिलै बनाउन सकिने भुकम्प प्रतिरोधी घर परम्परागत घरभन्दा धेरै गुणा बलियो हुने कुइँकेलको भनाइ
छ । सामुदायिक विकास समाज रामेछापका प्रमुख मिलन घिसिङले प्राविधिक सल्लाह बिना घर नबनाउन आग्रह गरेका
छन्

यसैविच स्वीस अन्तराष्ट्रिय गैर सरकारी संस्था मेडेएयरको
आर्थिक सहयोग तथा संस्थागत विकास सञ्जाल ललितपुरसँगको साझेदारितामा सामुदायिक विकास समाज मन्थलीले नेपाल
सेल्टर रिकभर यान्ड रिकन्सट्रक्सन रेस्पोन्स कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम संचालनका लागी
मेडियरको १४ लाख ९१ हजार र सामुदायिक विकास समाजको २४ लाख ९१ हजार गरी कूल ३९ लाख १९ हजार बराबरको रकम
खर्च हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी