१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

बेपत्ताको स्मृतिमा मन्थलीमा प्रतिक्षालय निर्माण

८ माघ २०७२, शुक्रबार ०३:१८

प्रज्वल पौडेल- माघ ८, रामेछाप । सशस्त्र द्वन्द्व र जनआन्दोलनको बेलामा वेपत्ता भएकाहरुको
स्मृतिमा रामेछापको सदरमुकाम मन्थलीमा प्रतिक्षालय निर्माण सम्पन्न भएको छ । नव निर्मित प्रतिक्षालयको
बिहीबार रामेछापका सांसद श्यामकुमार श्रेष्ठले गरेका छन् । कार्यक्रममा बोल्दै सांसद श्यामकुमार
श्रेष्ठले विगतको आन्दोलमा ज्यान गुमानने, वेपत्ता हुने तथा अंगभंग हुनेहरुकै त्यागले देश यो अवस्थामा
पुगेको धारणा राखे । उनले भने — “देशको राजनीतिक विचलनलाई छिट्टै निष्कर्षमा पुर्याउनु पर्छ
।”

एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले द्वन्द्वको पीडाबाट
पाठ सिक्दै अब मुलुकको समृद्धिमा सबैको ध्यान जानु पर्ने धारणा राखे । एनेकपा माओवादीका केन्द्रीय सदस्य
धावा लामाले वेपत्ताका परिवारलाई राज्यले सम्मान गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । प्रमुख जिल्ला
अधिकारी शेषनारायण पौडेलले विगतको पीडालाई विर्सदै देश निर्माणमा लाग्नु पर्ने धारणा राखे । वेपत्ता
परिवारका सदस्यहरुले भने आफ्ना मानिसहरुको अवस्था सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्षालय निर्माणको लागि रामेछापका सांसद श्यामकुमार श्रेष्ठको सांसद कोषको
रकम २ लाख, सांसद शिवबहादुर खड्काको सांसद कोषको रकम १ लाख, आइसीआरसीको हातेमालो परियोजनाको रकम १ लाख,
मन्थली नगरपालीकाको ५० हजार, वेपत्ता परिवारको रकम ४६ हजार तथा अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको
सहयोगमा कुल ४ लाख ३७ हजार रुपैयाँको लगानिमा सो प्रतिक्षालय निर्माण गरिएको हो । रेडक्रसको
अन्तराष्ट्रिय संस्था आइसीआरसीको हातेमालो परियोजना अन्तर्गतको कार्यक्रमको संयोजनमा प्रतिक्षालय
निर्माण भएको हो । आइसीआरसीको तथ्याङ्क अनुसार रामेछाप जिल्लाका द्वन्द्वको समयमा वेपत्ता पारिएका १७
जनाको स्मृतिमा सो प्रतिक्षालय निर्माण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव