१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको माकादुम गाविस पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा

८ माघ २०७२, शुक्रबार १५:२२

प्रज्वल पौडेल – माघ ८, रामेछाप । रामेछाप जिल्ला माकादुम गाविसलाई
शुक्रबार पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविस सचिव रमिता माझीको अध्यक्षता तथा
पूर्व माननिय सभासद तारानारायण श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको हो

कार्यक्रममा बोल्दै सभासद एवंम् एमाओवादी नेता श्रेष्ठले स्थानिय स्तरबाट यसरी नै विकासका
कार्यक्रम सुरु गर्दै गए चाडै नै विकसित देशको स्तरमा पुग्न सक्ने बताए । त्यसैगरी कार्यक्रममा जिल्ला
शिक्षा अधिकारी खुबिराम अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख प्रकाश यादवले पहिलेको तुलनामा स्वास्थ्य र
शिक्षाको क्षेत्र अगाडि बढेको बताए । उनीहरुले स्वास्थ्य क्षेत्रको विकासको लागि स्थानिय स्तरबाट प्रयास
निरन्तर जारी राख्नुपर्ने बताएका छन् ।

कार्यक्रममा गाविसलाई
साक्षर र पूर्ण खोपयुक्त घोषणा गर्दै गाविसका स्वयम्सेविका र विद्यालयलाई धन्यवादका साथमा प्रमाण पत्र
वितरण गरिएको थियो । कार्यक्रमको अवसरमा ९० बर्ष नाघेका ३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव