२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

केब्स स्कुल मन्थलीको खेलकुद सप्ताह संचालन

२०७२, १५ माघ शुक्रबार ०३:०५

माघ १५, प्रज्वल पौडेल, रामेछाप ।

जिल्लामा आफ्नो छुट्टै पहिचान
बनाउन सफल माध्यमिक विद्यालय मध्येको एक उत्कृष्ट विद्यालय कर्कलादेवी अग्रेजी अावासिय विद्यालय केब्स
स्कुल मन्थली आकासेले एक समारोहबीच वार्षिक खेलकुद सप्ताह २०७२ संचालन गरेको छ ।

KEBS. 1

मन्थली युनाइटेड क्लबको मन्थली आकासे स्थित खेल मैदानमा उद्घाटन खेलको रुपमा केब्स
स्कुलका शिक्षक र विद्यार्थीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो । उक्त खेलमा विद्यार्थीको
टिमले शिक्षक टिमलाई १३२ रनको टार्गेट पछ्याउँदै १५ ओवरमा ३ विकेटले पराजित गरेको थियो । अन्य खेलहरु
साताव्यापी रुपमा सोही मैदानमा र एथलेटिक्स विधाका खेलहरु हाटेचौरको खेलमैदानमा हुने कुरा स्कुलका
अतिरिक्त कृयाकलाप प्रमुख आलोक शिवाकोटीले जानकारी गराए ।
KEBS.2

उद्घाटन समारोहलाई संबोधन गर्दै खेलकुद विकास
समिति रामेछापका कार्यालय प्रमुख केशव कट्टेलले जिल्लामै पहिलो पल्ट क्रिकेट प्रतियोगिताको आयोजना
गरेकोमा विद्यालयलाई धन्यवाद दिएका छन् । रामेछाप जिल्लाको खेलकुद जगतमा केब्सको उपस्थिति अनुकरणीय भएको
बताउदै कट्टेलले यस्तो कार्यको नक्कल अरु विद्यालयहरुले पनि गर्नु पर्नेे धारणा राखे । विद्यालय
निरीक्षक भरत भट्टराईले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुदको महत्वबुझेर त्यसलाई पूर्ण कार्यान्वयन
गरेकोमा आभार व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै संचालक अध्यक्ष थापाले खेलकुदले
गुणस्तरीय शिक्षाका साथ साथै बालबालिकाको शारीरिक र मानसिक विकासमा समेत टेवा बताए । उनले भने– “यस्ता
कार्यलाई जुनसुकै मूल्य चुकाएर भएपनि निरन्तरता दिनुपर्छ । ” स्कुलका खेलकुद विभाग प्रमुख पंकज
सुनुवारले खेलकुद सप्ताहमा कुनै न कुनै खेल विधामा हरेक विद्यार्थी सहभागी हुने गरी व्यवस्थापन गरिएको
जानकारी दिए ।
KEBS. 3

त्यस्तै प्रिन्सिपल केशव तिमल्सिनाले
वर्षभरीका हरेक शुक्रबार विद्यालयमा भलिबल, फुटबल, क्रिकेट, कबड्डी, एथलेटिक्स लगायतका अन्यखेलहरु
नियमित आयोजना गरी उक्त प्रतियोगिताहरुबाट छनोट भएका खेलाडीहरु बीच यस वार्षिक खेलकुद सप्ताहमा अन्तिम
प्रतिस्पर्धा हुने जानकारी दिए । उनले यस्ता प्रतियोगिताहरुबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड
लगायतका अन्य प्रतिष्ठित प्रतियोगिताहरुका लागि खेलाडी उत्पादन समेत गरिरहेको बताए । तिमल्सिनाले भने
–“यस्ता कार्यलाई निरन्तरतादिनुका साथै गुणस्तरीय शिक्षा दिलाउन समेत स्कुल प्रतिवद्ध रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ