2026-06-29 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रस्नालु र बेताली गाविसमा २१ सय १५ थान ब्ल्याङकेट बितरण ।

माघ २८, प्रज्वल पौडेल, रामेछाप ।
भुकम्पपछि अस्थायी
आवासको कष्टकर बसाईमा रहेका रामेछाप जिल्लाको उत्तरी भेगका रस्नालु र बेताली गाविसमा बुधबार २१ सय १५
थान ब्ल्याङकेट बितरण गरिएको छ । रस्नालु गाविसका ११ सय १० र बेताली गाविसका १ हजार ५ भुकम्प पिडित घर
परिवारलाई यु.एन.एच.सि.आर र हेन्डर्स ईन्टरनेसनल नामक संस्थाको सहयोगमा श्री सिर्जनसिल युवा समाज
चिसापानी रामेछापले ब्ल्याङकेट बितरण गरेको हो ।
जाडोले निकै सताएको समयमा ओढ्नका लागी कम्मल,
ब्ल्याङकेट पाएपछि स्थानियहरु खुसि भएका छन् । उनीहरुले नागरिकहरुको तत्कालको समस्या पहिचान गरेर
आवश्यकता तथा माग अनुसारको राहात बितरणलार्ई निरन्तरता दिन पनि आग्रह गरेका छन् । ब्ल्याङकेट बितरण
कार्यक्रममा श्रीजनसिल युवा समाजका अध्यक्ष भुवनकुमार श्रेष्ठ, उपाध्यक्ष रामकुमार श्रेष्ठ, कार्यक्रम
संयोजकहरु लव श्रेष्ठ र गोपाल श्रेष्ठ, रस्नालुमा गाविस सचिव श्यामकुमार श्रेष्ठ, प्रहरी चौकी बेतालीका
ईन्चार्ज र स्थानिय राजनीतिक दलकोे सहभागीता रहेको थियो ।
संस्थाका अध्यक्ष भुवनकुमार श्रेष्ठले
श्रीजनसिल युवा समाज चिसापानीले पिडामा परेका नागरिकहरुको आवश्यकता पहिचान गरि सक्दो सहयोग गर्दै जाने
बताएका छन् । उनले अब चाडै रामेछापका पुरानागाउँ, चनखु र फर्पुमा पनि यस्तै सामाग्री बितरण गर्ने
संस्थाको योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी