2026-07-24 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड जारी

फागुन ६, रामेछाप, प्रज्वल पौडेल ।

बुधबारबाट सूरु भएको पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सदरमुकाम
मन्थलीमा जारी रहेको छ ।

आज भएको पूरुष भलिबल प्रतियोगीताबाट
अरुणोदय मावि सैपू र काकलिङ उमावि दोरम्बा फाइनलमा प्रवेश गरेको जिल्ला खेलकुद विकास समिति रामेछाप का
अध्यक्ष पूरुषोतम कडेरियाले बताउनुभयो ।

आज विहान तामाकोशी
जनजागृती उमावि खिम्ती र सुर्के देउराली उमावि विच भएको खेलमा खिम्ती विजयी हुदै सेमिफाइनल प्रवेश गरेको
थियो । यस्तै सेमिफाइनल अन्तर्गत अरुणोदय मावि सैपू र विष्णु जनज्योति माकादुम विच भएको पहिलो खेलमा
सैपू विजयी भएको छ भने तामाकोशी जनजागृत उमावि खिम्ती र काकलिङ उमावि दोरम्बा वीच भएको दोस्रो खेलमा
दोरम्बा विजयी भएको छ ।

यो सँगै तामाकोशी जनजागृत उमावि खिम्ती र
विष्णु जनज्योति मावि माकादुमले तृतीय स्थान हासिल गरेका छन् । फाइनल खेल भोली विहान संचालन हुने जिल्ला
खेलकुद विकास समितिका अध्यक्ष कडेरियाले जानकारी दिनुभयो । प्रतियोगीतामा एथ्लेटिक्स ,भलिवल, कपर्दी,
मार्सल आर्ट लगाएका खेलहरु भइहेको उहाँको भनाई छ ।

rastpati

 

हिजो भएको
महिला भलिबलमा गोकुलगंगा उच्च माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक विद्यालय फूलासी
द्धितिय र अरुणोदय मावि सैैपु तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद समिति रामेछाप सदस्य कल्पना
खड्काले बताइन् । प्रतियोगिताको भलिवल तर्फ छात्र ८ टिम र छात्रा ७ टिमको सहभागीता थियो ।

यता पूरुष कपर्दी तर्फ गौरी शंकर उमावि रामेछाप प्रथम, श्री
कृष्ण उमावि खाँडादेवी टीमू द्धितीय र अरुणोदय मावि सैपु तृतीय भएका छन् । जिल्ला खेलकुद विकास समिति
रामेछापको आयोजनामा सुरु भएको सो प्रतियोगितामा क्षेत्रीयस्तरका खेलबाट विजयी विद्यालयका
विद्यार्थीहरुले भाग लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय