2026-10-14 04:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु

भदौ ५, मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिकालिडी सुकीबाग भन्ने स्थानमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका-४ का ३८ वर्षीय कालुसिंह आउजी, सोही ठाउँका ३७ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका-३ का २२ वर्षीय लालबहादुर बोहराको मृत्यु भएको हो । परियारको घटनास्थलमै र आउजी र बोहराको उपचारको क्रममा राति सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दुर्घटनामा जिप चालक कैलालीको घोडाघोडी नगरपालिका-७ कीर्तिपुर बस्ने अन्दाजी २६ वर्षीय जनजीर चौधरी र कैलालीको धनगढी उपमहानगरपालिकाका अन्दाजी २५ वर्षीय घनश्याम चौधरी घाइते छन् । उनीहरुको अवस्था मध्यम रहेको र बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश