2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

कृषि कार्यालयले समयमै वीउविजन उपलब्ध गराउन नसकेको कृषककोे गुनासो

१९ फागुन, प्रज्वल पौडेल, रामेछाप ।

 जिल्ला कृषि
विकास कार्यालय रामेछापले समयमा नै माग अनुसारको वीउविजन उपलब्ध गराउन नसकेको कृषकहरुले गुनासो गरेका
छन् । सेवा केन्द्रमा बढि उत्पादन हुने जातको वीउ, वीउ उत्पादन गर्ने कृषकलाई मात्र दिदाँ उन्नत जातको
वीउविजन सबै कृषक सामू पुग्न नसकेको उनीहरुको भनाइ छ । बुधबार कृषि सम्पर्क केन्द्र खिम्तीले प्रवाह
गरेको सेवाको गुणस्तरको विषयमा संचालन गरिएको सामुदायिक अंकपत्र अन्तर्गतको आमने–सामने बैठकमा सहभागि
कृषकले यस्तो बताएका हुन् ।

salgp 5

 सम्पर्क कार्यालयका
कर्मचारी धेरै गाविसमा पुगेर सेवाग्राहीलाई सेवा दिन सम्भव नभएको भन्दै सम्पर्क कार्यलयलाई विस्तार गरी
सेवा केन्द्रमा लैजानुपर्ने स्थानीय बद्री केसीले बताए । कृिष सेवा केन्द्र विस्तार भए कर्मचारीको
दरबन्दी थप हुने र कृषकलाई सहज हुने उनको बुझाइ छ । केसिले भने – “कृषकलाई उन्नत वीउवीजन, विषादी प्रयोग
तथा प्राविधिक ज्ञान दिनु आवश्यकता छ, यसको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्छ । ”

त्यस्तै सम्पर्क कार्यलय खिम्तीमा आउदाँ आफूहरुले परामर्स र माग अनुसारको
विउवीजन पाइरहेको फुलासी गाविसकि कृषक कल्पना गिरीले बताइन् । उनले भनिन् “कार्यलयमा कर्मचारी न्युन छ,
कार्यलयमा नियमित सम्पर्क गर्ने किसान सन्तुष्ट छन् तर टाढाका किसानले भने अझै सोचे अनुसार सेवा
पाउदैनन् ।”

salgp 1

यस्तै कृषि कृषिसम्पर्क केन्द्र खिम्तीका प्रमुख महेन्द्र ओलीले कर्मचारी कम भएकाले फिल्डमा
पुगेर सबै कृषकलाई सेवा प्रदान नभएपनि सम्पर्कमा आउनेलाई सेवा प्रदान गरेको बताए । उनले कार्यालयमा
प्राप्त विउ विजनको प्रकृति हेरि कृषकलाई वितरण गरिरहेको बताए । ओलीले कृषकको माग अनुसारका तालीम दिन,
समयमा नै वीउ विजन प्रदान गर्न र सम्पर्क कार्यालयलाई सेवा केन्द्रमा परिणत गर्न जिल्ला कृषि विकास
कार्यलयमा अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Mahendra 1 

प्राकृतिक स्रोत प्रबद्र्धन समाज मन्थलीको आयोजना तथा स्थानीय सरकारको
जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको सहयोगमा संचालन भएको कार्यक्रममा कृषि सम्पर्क केन्द्रबाट सेवा
लिएका खिम्ती, गेलु, फुलासी र तिल्पुङका सेवाग्राही, स्थानीय राजनैतिकदलका प्रतिनिधिहरुको सहभागिता
रहेको थियो ।

सहभागीले भावी
दिनमा सेवाप्रदायक र सेवाग्राहीले सुधारको लागि कार्य योजना बनाएका छन् । उक्त कार्य योजनाहरु निरन्तर
अनुगमनको लागि सेवाग्राही तथा सेवाप्रदायक रहेको गंगा दाहालको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन
गरिएको छ । कार्यक्रममा सामुदायिक अंकपत्र संचालनको उद्देश्य, चरण तथा प्रक्रियाहरुको विषयमा साल्ज
परियोजना रामेछापका जिल्ला संयोजक उमङ्ग मैनालीका जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई