२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

संविधान कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्छ: गृहमन्त्री बस्नेत

२१ फाल्गुन २०७२, शुक्रबार १४:०२

प्रज्वल पौडेल/
फागुन २१, रामेछाप । 
गृहमन्त्री शक्ति बस्नेतले संविधान कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्ने
बताएका छन् । उनले नेपाली जनताको दशकौ लामो प्रयासबाट जनताबाट निर्वाचित प्रतिनिधीबाट संविधान निर्माण
गरेकाले सबैमा अपनत्वको महसुस भएको बताएका हुन् । योङ्ग कम्युनिष्ट लिग नेपाल रामेछापको तेस्रो तथा
अनेरास्ववियु क्रान्तिकारी रामेछापको १६ औ जिल्ला अधिबेशनलाइ सदरमुकाम मन्थलीमा शुक्रबार सम्बोधन गर्दै
मन्त्री बस्तेतले यस्तो बताएका हुन् । एमाओवादीका नेता समेत रहेका मन्त्री बस्नेतले भने– “संविधानले
हिमाल, पहाड, तराइ सबै क्षेत्रका नागरिकको मौलिक हक अधिकार सुनिश्चित गरिदिएको छ, सबै जात, भाषा,
संस्कृतिलाई स्वाकार गरेको छ ।” नागरिकको मौलिक हक, अधिकार संविधानले ग्यारेन्टी गरेको छ– उनले भने

shakti basnet 1
गृहमन्त्री बस्नेतले सरकार अहिले नेपालको स्वाधिनता र स्वतन्त्रताको पक्षमा
लागिपरेको धारणा राखे । “नेपालमा अस्थिरता, अशान्ति हेर्न चाहने विदेशिलाई घुँडा टेकाउदै सुशासन, आर्थिक
विकास गर्न तर्फ सरकार अगाडि बढेको छ” उनले भने । संविधानमा निर्माण गर्न कसको योगदान बढि रह्यो भनेर
नागरिकले बुझिसकेकाले भन्दै गृहमन्त्री बस्नेतले संविधानमा उल्लेख भएका नीतिनियम कार्यान्वयन कुन
पार्टीले गर्छ, गर्दैन यता तिर बहस चलाउनुपर्ने अबको आवश्यकता रहेको बताए । उनले भुकम्पपिडितको आवास
पुननिर्माणमा ढिलाइ भएको स्वीकार गरे । बस्नेतले “सरकारले भुकम्पपिडित नागरिकलाई बर्षाद अगाडि नै आवास
भित्र बसाउने योजना अगाडि बढाएकाले अब पुननिर्माण कार्यमा एकजुट बन्नुपर्छ” भने ।

त्यसैगरी पुर्व
शान्ती तथा पुर्ननिमाण मन्त्री सत्य पहाडिले राज्यलाइ उत्तरदायि र जनताप्रतिको कर्तव्यको ग्यारेन्टी
गर्न सविधानले महत्वपूर्ण भुमिका खेल्ने बताइन् । उनले देश विकासको जिम्मा अब क्रान्तिकारीहरुको हातमा
आएको धारणा राखिन् । त्यसैगरी योङ्ग कम्युनिष्ट लिग नेपालका केन्द्रिय अध्यक्ष आरसि शर्माले युवा उर्जा
राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने धारणा राखे । उनले राज्यले रोजगारीका क्षेत्र किटानी अगाडि युवालाई
उचित स्थान दिनुपर्ने बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन
गर्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले शिक्षा क्षेत्रमा
परिवर्तन हुन नसकेको बताए । उनले अझैपनि विद्यालय तहका विद्यार्थिले निशुल्क शिक्षा पाउन नसकेको दावी
गरे । न्यौपानेले हरेक आन्दोलन विद्यार्थीको सहयोगबाट सफल भएको भएपनि विद्यार्थीको शैक्षिक योग्यताले
अझै रोजगारी पाउने ग्यारेन्टी नभएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रम योङ्ग कम्युनिष्ट लिग नेपाल
रामेछापका संयोजक शेरबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

shakti basnet program

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक