२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नवजागरण साकोसको ५ दिने सहकारी अध्ययन भ्रमण सम्पन्न (फोटो फिचर )

१ चैत्र २०७२, सोमबार १४:४९

 चैत्र १, प्रज्वल पौडेल, रामेछाप ।

रामेछाप जिल्लाको
सदरमुकाम स्थित मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडकोे ५ दिने सहकारी अध्ययन भ्रमण
सम्पन्न भएको छ । सहकारीको नियमित साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र संचालक
समितिका पदाधिकारी सहित ३२ जनाको टोली सहकारी भ्रमणमा निस्किएको थियो ।

22222222

रामेछापवाट निस्किएको
भ्रमण टोली सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट, बारा, मकवानपुर, पर्सा, चितवन, नवलपरासी र तनहुँ
जिल्लासम्म पुगेको थियो । सहकारी अवलोकनको क्रममा चितवन जिल्लाको कृषक उपहार साकोस माडी, अन्नपूर्ण
दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड गीतानगर, नवलपरासी गैडाँकोटको विकु साकोस, किसान साकोस र मकवानपूर
जिल्लाको हेटौडा उपमहानगरपालीकाको महिला मिलन साकोससँग अन्तक्र्रिया समेत गरेको छ ।

DSCN1431

अन्तक्र्रियाको क्रममा
अवलोकन गर्न पुगेका विभिन्न सहकारी संस्थालाई नवजागरण साकोसको सुरुवात देखी अहिलेसम्मको अवस्थाको बारेमा
संस्थाका उपाध्यक्ष दीपककुमार क्षेत्री, कोषाध्यक्ष जगन्नाथ दाहाल र व्यवस्थापक रमेशकुमार उदाशले
जानकारी गराउनुभएको थियो ।

sakos 1

उनीहरुले भ्रमण टोलीको तर्फबाट सोधिएका प्रश्न तथा जिज्ञासालाइ सम्वोधन गर्नुको
साथै सहकारीले संचालन गरिरहेका विभिन्न बचत तथा ऋण कारोवारको किसिम, शेयर सदस्य तथा संस्थाका
कर्मचारीलाई सन्तुष्ट बनाउदै संस्थामा कसरी दिगो रुपमा सामाजिक उत्तरदायित्व बनाउन सकिन्छ लगाएतका
विषयबस्तुलाई स्पष्ट  पारेका थिए ।

sakos

यस्तै भ्रमण टोलीले चितवन स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे माडी,
तनहुँ,नवलपरासी र चितवनको मध्यविन्दुमा रहेको कालीगण्डकी त्रिशुली नदीको संगमस्थल देवघाट, नवलपरासी
गैडाकोटको मौलाकालिका मन्दीर, मकवानपूर हेटौडाको शहिद स्मारक पार्क लगाएतका धार्मीक तथा पर्यटकिय स्थलको
अवलोकन गरेको छ ।

maulakali

संस्थाका आफ्ना शेयर सदस्यलाइ अन्य जिल्लाको सहकारीको अध्ययन अवलोकन गरि बचत तथा
ऋण कारोबार नियमित गराउनका लागी भ्रमणमा लगिएको संस्थाका कोषाध्यक्ष दाहालले बताउनुभयो । उहाँले
सहकारीको अध्ययन अवलोकनले क्षमता अभिबृद्धि हुने, नेतृत्व विकास हुने र सहकारीको मूल्य मान्यता अनुसार
सहकारी संचालनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी संस्थाका व्यवस्थापक रमेशकुमार उदासले
सहकारी अध्ययन भ्रमणले संस्था संचालनका लागी महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । उहाँले सहकारी अध्ययन
पश्चात सहकारीका शेयर सदस्यहरुले महिला लक्षित तथा सामाजिक विकासको क्षेत्रमा काम गर्ने योजना ल्याएर
नयाँ सदस्य विस्तार गर्नुपर्ने, सहकारी शिक्षाका कार्यक्रम संचालन गर्नुपर्ने लगाएतका सुझाव दिएको
जानकारी दिनुभयो ।

भ्रमणमा
सहभागी हुनुभएका शेयर सदस्य तारा कार्कीले संस्थाले सहकारी अध्ययन भ्रमणमा नियमित बचत तथा ऋणको
कारोवारमा सक्रिय रहेका र सहकारीमा चासो राख्ने शेयर सदस्यलाइ सहभागी गराइ महिलाहित उपयोगी कार्यको लागी
आगामी बर्षमा समेत यस्ता अध्ययन भ्रमणका कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो

sakos mahila

सहकारी
अध्ययन भ्रमण फलदायि भएको भ्रमणमा सहभागीहरुले बताएका छन् । सहकारी अध्ययन भ्रमण फाल्गुण २५ गतेबाट सूरु
भएको थियो ।

smarak

शहिद स्मारक
हेटौडा‍‍‍ मकवानपुर ……

devghat

devghat 3

कालीगण्डकी त्रिशुली नदीको संगमस्थल देवघाटधाम दर्शन
…..

madi homste 4

madi homste 2

madi homste

भ्रमण टोलीलाइ स्वागत गर्दै अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे माडी चितवनका
स्थानियबासी …..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् – महामन्त्री शर्मा विद्यालयको शौचालयको भित्तामा र भुइँमा रगतका दाग भेटिएपछि,१ सय २५ छात्रालाई कपडा खोल्न लगाइयो भारतले नेपालका ३ युवा क्रिकेटलाई एक महिने प्रशिक्षण दिँदै