2026-07-25 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

युवाका क्षेत्रमा परिणाममुखी काम गरेर देखाउँछु : उपाध्यक्ष ढुङ्गेल

चैत ९, प्रज्वल पौडेल, रामेछाप ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले परिषदले युवाका
क्षेत्रमा परिणाममुखी काम गरेर देखाउने बताउनुभएको छ । पहिलो पटक युवा केन्द्रित गरी गठन भएको परिषदका
उपाध्यक्ष ढुङ्गेलले युवा लक्षित सीप, रोजगारी सिर्जना गर्ने दाबी गर्नुभयो । मदन भण्डारी फाउण्डेशन
रामेछापले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा धारणा राख्दै उपाध्यक्ष
ढुंगेलले नेपालमा विभिन्न मन्त्रालयमार्फत् युवाका क्षेत्रमा बजेट खर्च गरेपनि नतिजा भने आउन नसकेको
टिप्पणी गर्नुभयो ।

madhav dhungel

उहाँले विगतमा युवा
मन्त्रालय अन्तगर्त सञ्चालित कार्यक्रम प्रभावकारी नभएकोले राज्यले युवा परिषद गठन गरेर काम गरेको धारणा
राख्नुभयो । देश विदेशिएका युवाले पठाएको रेमिटेन्सबाट चलेको बताउँदै ढुंगेलले युवा परिषद्ले ठोस
रणनीतिका साथ युवालक्षित नतिजामुखी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामेछाप एमालेका अध्यक्ष शान्तिप्रसाद पौडेल, उद्योग वाणिज्य संघ
रामेछापका महासचिव जगन्नाथ दाहाल, राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतले
ढुंगेलको कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

madhav dhungel 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक