३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

युवाका क्षेत्रमा परिणाममुखी काम गरेर देखाउँछु : उपाध्यक्ष ढुङ्गेल

९ चैत्र २०७२, मंगलवार ०१:१८

चैत ९, प्रज्वल पौडेल, रामेछाप ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले परिषदले
युवाका क्षेत्रमा परिणाममुखी काम गरेर देखाउने बताउनुभएको छ । पहिलो पटक युवा केन्द्रित गरी गठन भएको
परिषदका उपाध्यक्ष ढुङ्गेलले युवा लक्षित सीप, रोजगारी सिर्जना गर्ने दाबी गर्नुभयो । मदन भण्डारी
फाउण्डेशन रामेछापले सदरमुका मन्थलीमा सोमबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा धारणा राख्दै
उपाध्यक्ष ढुंगेलले नेपालमा विभिन्न मन्त्रालयमार्फत् युवाका क्षेत्रमा बजेट खर्च गरेपनि नतिजा भने आउन
नसकेको टिप्पणी गर्नुभयो ।

madhav dhungel

उहाँले विगतमा युवा
मन्त्रालय अन्तगर्त सञ्चालित कार्यक्रम प्रभावकारी नभएकोले राज्यले युवा परिषद गठन गरेर काम गरेको धारणा
राख्नुभयो । देश विदेशिएका युवाले पठाएको रेमिटेन्सबाट चलेको बताउँदै ढुंगेलले युवा परिषद्ले ठोस
रणनीतिका साथ युवालक्षित नतिजामुखी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामेछाप एमालेका अध्यक्ष शान्तिप्रसाद पौडेल, उद्योग वाणिज्य संघ
रामेछापका महासचिव जगन्नाथ दाहाल, राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतले
ढुंगेलको कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

madhav dhungel 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग