2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

युवाका क्षेत्रमा परिणाममुखी काम गरेर देखाउँछु : उपाध्यक्ष ढुङ्गेल

चैत ९, प्रज्वल पौडेल, रामेछाप ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले परिषदले
युवाका क्षेत्रमा परिणाममुखी काम गरेर देखाउने बताउनुभएको छ । पहिलो पटक युवा केन्द्रित गरी गठन भएको
परिषदका उपाध्यक्ष ढुङ्गेलले युवा लक्षित सीप, रोजगारी सिर्जना गर्ने दाबी गर्नुभयो । मदन भण्डारी
फाउण्डेशन रामेछापले सदरमुका मन्थलीमा सोमबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा धारणा राख्दै
उपाध्यक्ष ढुंगेलले नेपालमा विभिन्न मन्त्रालयमार्फत् युवाका क्षेत्रमा बजेट खर्च गरेपनि नतिजा भने आउन
नसकेको टिप्पणी गर्नुभयो ।

madhav dhungel

उहाँले विगतमा युवा
मन्त्रालय अन्तगर्त सञ्चालित कार्यक्रम प्रभावकारी नभएकोले राज्यले युवा परिषद गठन गरेर काम गरेको धारणा
राख्नुभयो । देश विदेशिएका युवाले पठाएको रेमिटेन्सबाट चलेको बताउँदै ढुंगेलले युवा परिषद्ले ठोस
रणनीतिका साथ युवालक्षित नतिजामुखी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामेछाप एमालेका अध्यक्ष शान्तिप्रसाद पौडेल, उद्योग वाणिज्य संघ
रामेछापका महासचिव जगन्नाथ दाहाल, राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतले
ढुंगेलको कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

madhav dhungel 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई