2026-09-03 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बलाङ्ग्रामा २७ वर्षपछि चौँरी फार्म पुनःस्थापना

कात्तिक ३०, डोल्पा । बलाङ्ग्रा लेकमा चौँरी फार्म पुनःस्थापना गरिने भएको छ । विसं २०३५ मा स्थापना भएको उक्त चौँरी फार्म बन्द भएको २७ वर्षपछि पुनःस्थापना गरिन लागेको हो ।

उक्त फार्म स्थापनापछि १४ वर्ष लगातार सञ्चालनमा रहे पनि तत्कालीन समयमा राजनीतिक खिचातानीका कारण विसं २०४९ मा बन्द भएको थियो । त्यतिबेला स्थानीयलाई रोजगारी प्रदान गर्नेसँगै चौँरी प्रजनन, ऊन उत्पादन, दुग्धजन्य वस्तुजस्तै दूध, दही, घ्यू, चिज उत्पादन र चौँरीका साँढ उत्पादन गरेर बिक्री वितरण गर्ने उद्देश्यका साथ सरकारीस्तरबाटै चौँरी फार्म स्थापना गरिएको थियो ।

हाल भग्नावशेषमा सीमित उक्त चौँरी फार्म सङ्घीय सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय र कर्णाली प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा पुनःस्थापना हुन लागेको हो । फार्म सञ्चालनका लागि केन्द्र र प्रदेश सरकार दुई मन्त्रालयले संयुक्तरुपमा बजेट विनियोजन गरेका छन् । उक्त बजेट जिल्लामा आइसकेकाले केही समयभित्रै बोलपत्र गरेर भवन पुनःनिर्माण गर्ने पशु अस्पतालले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–११ मा पर्ने बलाङ्ग्रा लेकमा फार्म पुनःस्थापना गर्न रु एक करोड बजेट लाग्ने प्रमुख चन्द्रलाल धरलाले जानकारी दिनुभयो । उक्त बजेटबाट भग्नावशेषका रुपमा रहेका भवन पुनःनिर्माण गर्ने, गोठ बनाउने, गोठाला निवास बनाउने, चौँरी खरीदलगायतका कार्य गर्ने धरलाले बताउनुभयो । बाबुबाजेको पालादेखिनै चौँरीपालन व्यवसाय गर्दै आएका बन्तडीवासीले अहिले पनि व्यक्तिगतरुपमा सो व्यवसाय गरिरहेका छन् । 

फार्म पुनःस्थापनाका लागि बजेट आएपछि पुरानै चौँरी फार्म स्थापना गर्ने वर्षौंदेखिको सपना साकार भएको स्थानीय देवी घर्तीले बताउनुभयो । लामो समयदेखि बन्द भएको चौँरी फार्म पुनःस्थापनाका लागि पटकपटक तीनवटै तहका सरकारसँग आग्रह गर्दै आए पनि अहिले आएर माग पूरा भएको स्थानीयले बताएका छन् । 

चौँरी फार्म पुनः स्थापनासँगै गाउँमा रोजगारीका अवसर सिर्जना हुने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् । आफू तत्कालीन जिल्ला विकास समितिको सभापति हुँदा आन्तरिक व्यवस्थापन गर्न समस्या भएपछि पहिलेको चौँरी फार्म बन्द गरिएको बताउँदै अब त्यसरी बन्द हुन नदिने नगरप्रमुख ओमबहादुर बुढाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही