७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

एस.एल.सी. परीक्षालाई मर्यादित बनाउन सहयोग गर्ने कार्यालय प्रमुखहरुको प्रतिबद्धता

१२ चैत्र २०७२, शुक्रबार ००:१२

चैत्र १२, प्रज्वल पौडेल, रामेछाप

रामेछापका
कार्यालयहरु प्रमुखहरुले चैत्र १८ गते देखि सञ्चालन हुने एस.एल.सी. परीक्षालाई मर्यादित र व्यवस्थित
रुपमा सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा
प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यालय प्रमुखहरुको बैठकमा उनीहरुले
यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बैठकले जिल्लास्थित सबै सरकारी कार्यालयहरुको घर जग्गा तथा सवारी साधनको लगत प्राप्त भएको
ढाँचा बमोजिम विवरण भरी चैत्र १४ गते भित्र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउने निर्णय पनि गरेको
छ । त्यसैगरी बैठकले सबै कर्मचारीले कार्यालय समयभित्र तोकिएको पोशाक अनिवार्य रुपमा लगाउने, सेवा
प्रवाह र विकास निर्माणका कामलाई अझ प्रभावकारी र द्रुत गतिमा अगाडी वढाउने निर्णय पनि गरेको छ

बैठकमा फागुन २० र २१ गते
भुजी, चैत्र ३ र ४ गते लखनपुर र चैत्र ५ र ६ गते गाल्पामा सञ्चालन गरेको एकिकृत घुम्ति शिविरका बारेमा
पनि बैठकमा समिक्षा गरेको छ । ग्रामीण भेगमा सञ्चालन भएको सो शिविरबाट १६०२ जनालाई नागरिकताको
प्रमाणपत्र वितरण गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक