Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

दिनहुँ चोरी हुँदै विद्युत् उपकरण

२०७६, ५ पुष शनिबार ०४:३५

पुष ५, डोटी | उचित संरक्षण तथा सम्बद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल कुल्पाते नजिकैको समूहगाढ खोलामा रहेको जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् ।

विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् गृहमा २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पुर्याएपछि अहिले सो विद्युत् गृह बेवारिसे अवस्थामा रहेको छ । अहिले त्यहाँ रहेका विद्युत्का महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले सामान्य क्षति पुर्याएको विद्युत् गृह मर्मत नगर्दा अहिले सामान चोरी हुँदैछ कसैले वास्ता गरेको छैन ।”

बाढीपहिरोले विद्युत् गृहको पेनस्कटक पाइप तथा विद्युत् गृहमा केही क्षति पुर्याएपछि अहिलेसम्म यसको मर्मतका लागि ध्यान दिइएको छैन ।  विद्युत् गृहमा कर्मचारी नबस्दा सरसामान दिनहुँ चोरी हुन थालेको हो । शिखर नगरपालिका–१ खाती गाउँका खडकबहादुर खातीले विद्युत् गृहका राम्रा र महँगा सरसामान कवाडी हुँदैछन् भने कयौँ सामान चोरी हुन थालेको बताउनुहुन्छ ।  

डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले बाढीपहिरोले क्षति पुर्याएको सो विद्युत् गृह मर्मत गरेर पुनःसञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् मर्मत खर्च नै निकै आउने देखिएकाले मर्मतको कार्य शुरु नगरेको हो । यस बारेमा के गर्न सकिन्छ केन्द्रसँग कुराकानी गरेका छौँ, केही खबर आएको छैन ।” 

उक्त विद्युत् गृह पुनःनिर्माण गरी विद्युत् उत्पादन नगरिँदा डोटीमा अहिले विद्युत्भार कटौटी पुनः हुन थालेको छ । दार्चुलाको बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् निर्माण भएपछि सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त घोषणा गरिए पनि आन्तरिक रुपमा विद्युत्मा आउने खराबीका कारण यहाँ दैनिकरुपमा विद्युत्भार कटौती हुन थालेको विद्युत् कर्मचारी बताउँछन् । 

बिग्रिएको उक्त विद्युत् पावर हाउसमा खटिएका कर्मचारी तथा चौकीदार पनि बाढीपहिरोले विद्युत् गृहमा क्षति पुर्याएपछि दिपायल पिपल्लास्थित विद्युत् सवस्टेशनमा सारिएको डोटी साना जलविद्युत् केन्द्र दिपायलका कर्मचारी एकीन्द्र बिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिरोले विद्युत् गृहमा बस्ने अवस्था नरहेपछि कर्मचारी सबस्टेशनमा सारेका हौँ, विद्युत् सामग्री चोरीँदैछन् भन्ने थाहा पाएपछि दिउँसोको समयमा एकजना कर्मचारी सुरक्षाका लागि खटाएका छौँ ।” 

यस विद्युत् गृहमा रहेका उपकरणको सुरक्षाका लागि  स्थानीय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको स्थानीयवासीको आरोप छ । डोटी साना जलविद्युत् केन्द्र दिपायलका प्रमुख कपिलदेव जोशीले विद्युत् उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरुपमा अनुसन्धान तथा जानकारी लिने कार्य भइरहेको बताउनुभयो । उहाँ भन्नुभयो, “विद्युत्का सामग्री चोर्नेका बारेमा जानकारी लिँदैछौँ, पत्ता लाग्ने बित्तिकै कानूनी प्रक्रियामा लाग्नेछौँ ।” लामो समयदेखि बन्द रहेको उक्त विद्युत् गृहको मर्मत कार्य गरी चाँडो बत्ती पुनः सञ्चालन गरिदिन यहाँका स्थानीयले विद्युत् कार्यालयसँग मागसमेत गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो