बैशाख ६, प्रज्वल पौडेल, रामेछाप
।
रामेछाप जिल्लाका कार्यालय प्रमुखहरुले निजामती
कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको निर्वाचनलाई सफल बनाउन आ–आफ्नो स्थानवाट सहयोग गर्ने बताएका छन्
। जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा आइतबार वसेको
कार्यालयका प्रमुखहरुको वैठकमा यस्तो प्रतिबद्धता भएको हो ।
यसैगरी बैठकले आफ्ना मातहतमा रहेका कार्यालयका कर्मचारीहरुको कूल
दरवन्दी, हालको पदपूर्तिको अवस्था सहित कार्यरत कर्मचारीहरुको विवरण तीन दिन भित्र जिल्ला प्रशासन
कार्यालयमा बुझाउने निर्णय समेत गरेको छ ।
बैठकले बैशाख १२, १३ र १४ गते पुर्ननिर्माण सम्बन्धी विभिन्न कार्यक्रमहरुको
आयोजना गरि भुकम्प स्मृति दिवस मनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार १२ गते विहान ११ बजे जिल्ला विकास समितिको प्राङ्गणमा स्मृति सभाको आयोजना समेत गरिने छ
।
त्यसैगरी बैठकले
कार्यालयको सरसफाइ, वगैंचा व्यवस्थापन, हरियाली प्रवद्र्धन र सेवाग्राही कक्षको व्यवस्थापनमा ध्यान दिने
निर्णय गरेको छ ।