2026-06-25 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीसीटीभी फुटेजमा भेटियो कामदारले नै पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या गरेको

2020-02-10

माघ २७, काठमाडौँ | नेपाल सरकारका पुर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको सोमबार बिहान उनकै घरका कामदारले हत्या गरेको भेटिएको छ | घरमा रहेको सिसिटिभी फुटेजमा उनकै घरका कामदार बिजय चौधरीले हत्या गरेको पाइएको हो |

कार्की एक्लै भएको बेला भान्छा कोठामा पछाडी फर्केको अवस्था छोपेर कामदार विजयले डोरीले घाँटीमा कसेर भुइँमा लडाएको र पिर्काले हिर्काएको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले बताएको छ | सोमबार बिहान बिहान १० बजेर ८ को समयमा उनले उक्त घटना घटाएको खुलेको छ | 

कार्की माथि आक्रमण गरेपछि आफुले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ | चौधरीको शरीरमा कुनै चोट लागेको छैन भने उनको शव माथि डोरी पनि झुन्डिएको अवस्थामा फेला परेको थियो | दाङ घर भएका २२ बर्षिय चौधरीले किन कार्कीको हत्या गरे र आफैले आत्महत्या गरे भन्ने खुलेको छैन | 

उनी ललितपुरको सानेपा स्थित आफ्नै निवासमा सोमबार बिहान रगतले लतपतिएको अचेत अवस्थामा भेटिएकी थिइन् | भने विजय मृत अवस्थामा फेला परेका थिए |

पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो | कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् |

घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् | कार्कीले पशुपतिबाट घर फर्केपछि श्रीमती मुनालाई अचेत रक्ताम्य अवस्थामा फेला पारेका थिए | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक