साउन ३, पोखरा Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, पोखरा
2026-09-19 03:52 AM
कास्की - KSK

स्थानिय निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

साउन ३, पोखरा | बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीको आयोजनामा स्थानिय निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि सचेतना अभिवृद्धि कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएकोे छ । कार्यक्रममा सहभागीहरुले महिलाहरु राजनितिक लगायत हरेक क्षेत्रमा नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा रेडियो जननीका स्टेशन मेनेजर विमला भण्डारीले राजनितिक वृत्तमा महिलाहरु सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । उँहाले रेडियो जननीले बाल तथा महिला सशक्तिकरण समाज नेपालसगँ समन्वय गरेर हप्ताको एक दिन स्थानिय निर्वाचनसम्म दबाब दिनको लागि बहस कार्यक्रम चलाउने जानकारी दिनु भयो । हरेक सञ्चार माध्यमले यस्तै दबाब मुलक कार्यक्रम गर्नुपर्नेमा भण्डारीले जोड दिनु भयो । 

बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीका अध्यक्ष सिता भट्टराईले महिला ¥यालीमा मात्र सिमित भएको तर नेतृत्व तहमा आउन नसकेको भन्दै आप्mनो संस्थाले महिलालाई राजनितिमा सक्रिय सहभागी गराउन विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनु भयो । उँहाले अबको स्थानिय निर्वाचनमा सक्रिय भएर लाग्न महिला दिदीबहिनीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा विभिन्न राजनितिक पार्टीका नेतृहरु नेपाली कांगे्रस कास्कीका जिल्ला सदस्य नम्रता बराल, नेकपा एमाले कास्कीका जिल्ला सदस्य शशिकला बराल, नेकपा माओवादी केन्द्र कास्कीका जिल्ला सदस्य गोमा ढकाल, राप्रपा नेपाल कास्की क्षेत्र नं. २ का क्षेत्रिय सभापति गिता गुरुङ, अखण्ड नेपाल महिला मन्चका केन्द्रिय अध्यक्ष सुनिता कोइरालाले आ आफ्ना पार्टीको महिला सम्बन्धी अवधारणा राखेका थिए । 

एक्सन एड नेपालको सहयोगमा भएको कार्यक्रममा कास्कीका काहुँ, भलाम, अर्मलाबाट महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेलले गर्नु भएको थियो । बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीका अध्यक्ष सिता भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम ब्यवस्थापक मिना पाण्डेले स्वागत, संस्थाकै इन्दिरा पराजुलीले धन्यवाद मन्तब्य र कार्यक्रम संयोजक गणेश खतिवडाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई